Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविवादित छायादेवी कम्प्लेक्सकोे जग्गाले पायो क्लिन चिट

विवादित छायादेवी कम्प्लेक्सकोे जग्गाले पायो क्लिन चिट


काठमाडौं ।
विगत ३० वर्षदेखि विवादमा रहेको ठमेलको छायादेवी कम्प्लेक्स(छाया सेण्टर)ले क्लिन चिट पाएको छ । गुठी संस्थानले २०४७ माघ १८ गते उक्त जग्गाका कित्ताहरू अम्बिका राणा रशंकर प्रसाद शाहको नाममा रैतानी गर्ने निर्णय गरेकोमा पछि गुठी संस्थानले नै वि.सं.२०४७ चैत १४ गते बदर गरेको थियो । गुठी संस्थानको पछिल्लो कदमविरुद्ध अम्बिका राणाले पुनरावेदन अदालतमा मुद्दा हालेकी थिइन् ।

१५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त छाया सेन्टर रहेको जग्गामा परेको मुद्दाको सुनुवाइ गर्दै पुनरावेदन अदालत पाटनले गुठी संस्थानको पहिलो निर्णयलाई कायम राखी गुठी संस्थानबाट परेको पछिल्लो निर्णय बदर गरेको थियो । उक्त मुद्दाको २०५३ साल जेठ २५ गते बदर भएको थियो । गुठीका गुठीयार थकालीहरूले पुनरावेदन अदालतको पछिल्लो निर्णय बदर गरिपाऊँ भनि राणाविरुद्ध काठमाडौं जिल्ला अदालतमा छुट्टै मुद्दा दायर गरेका थिए ।

जिल्ला न्यायाधीशको रोहवरमा दुई पक्षबीच २०६२ साल असार १६ गते मिलापत्र भएयता सो जग्गामा कुनै विवाद नरहेको व्यहोरा सिंहसार्थ वाहु गरुड भगवान गुठीले स्पष्ट पारेर गुठीले छायादेवी कम्प्लेक्सलाई २०७७ असोज २७ गते यस्तो पत्र काटेसँगै उक्त कम्प्लेक्स भएको जग्गाले ब्लिन चिट पाएको हो । यसरी ३० वर्षदेखिको छाया सेन्टरको विवाद साम्य भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया