‘वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिता’ हुने
काठमाडौ पुस १७
ललितपुर किक बक्सिङ्ग संघको आयोजनामा ‘वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिता’ हुने भएको छ । नेपाली कांग्रेसका नेता एवम् लौह पुरुष गशेणमान सिंहको सम्झनामा संघले माघको २,३ र ४ गते बक्सिङ्ग प्रतियोगिता गर्ने जनाएको छ ।
प्रतियोगिताका संयोजक एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनलले प्रतियोगितामा करीव ३० लाख खर्च हुने बताए । उनले प्रतियोगिताका लागि गोदावरी नगरपालिका, ललितपुर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, विभिन्न संघ संस्था र शुभेच्छुकहरूले आर्थिक सहयोग गर्ने जानकारी दिए । विहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा महर्जनले बक्सिङ्ग प्रतियोगिता गोदावरी नगरपालिकाको चापागाउँस्थित खुला मैदानमा हुने जानकारी दिए छ । प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् । समापनको दिन माघ ४ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले विजयी भएका खेलाडीहरूलाई पुरस्कार वितरण गर्ने महर्जनले बताए । ललितपुर किक बक्सिङ्ग संघका अध्यक्ष विनोद महर्जनले प्रतियोगितामा कराते, उसु, किक बक्सिङ, तेक्वाण्डो, आई.टी.एफ., फुल कन्ट्याक्ट कराते, मुआय थाईलगायतका खेल समावेश हुने जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विभागीय टिमहरू पनि प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगितामा पुरुष तौल समूह ५० केजी, ५५ केजी मुनि, ६० केजी मुनि, ६५ केजी मुनि, ७० केजी मुनि र खुल्ला तौलमा खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । त्यस्तै महिला तौल समूहमा ५० केजी, ५५ केजी मुनि, ६० केजी मुनि, ६५ केजी मुनि र खुल्ला तौलमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ३० हजार, द्वितीय हुने खेलाडीलाई १५ हजार, तृतीय हुने खेलाडीलाई ८ हजार नगद पुरस्कार प्रदान गरिने अध्यक्ष महर्जनले जानकारी दिए । त्यस्तै उत्कृष्ट पुरुष तथा महिला खेलाडीलाई २५÷२५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ । सबैभन्दा धेरै स्वर्ण पदक हासिल गर्ने टिमलाई टिम च्याम्पियन स्वरुप १ लाख नगद, द्वितीय हुने टिमलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । सहभागी टिमलाई ब्रेकफास्ट र लञ्चको व्यवस्था गरिएको संघका अध्यक्ष महर्जनले बताए । उपत्यका बाहिरका खेलाडीहरूलाई खाना र वसोवासको व्यवस्था पनि गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया