Techie IT
×
गृहपृष्ठसमाचारकोरोनामुक्त हुने २ लाख ४३ हजार

कोरोनामुक्त हुने २ लाख ४३ हजार


काठमाडौं ।
नेपालमा आइतबारसम्म कोरोना भाइरस सङ्क्रमणमुक्त हुने दुई लाख ४३ हजार ६ सय ६४ पुगेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ९७ छ । त्यसैगरी हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ३ सय २० छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख ५३ हजार ७ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा नौ हजार ४ सय जनामा कोरोना परीक्षण गर्दा थप ५ सय ८८ जनामा कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ७ सय ८८ पुगेको छ ।

यसैबीच, प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ६० जना सङ्क्रमित निको भएका छन् । निको हुनेहरूमा होम आइसोलेसन र विभिन्न कोभिड अस्पतालबाट रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुने सङ्क्रमितको सङ्ख्या २५ हजार १ सय २० पुगेको छ ।प्रदेशमा अवधिमा २ सय ९९ जनाको पीसीआर परीक्षण गरिएकामा १६ महिला र २१ पुरुष गरी जम्मा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

थप हुने सङ्क्रमितमा मोरङमा १६ मध्ये विराटनगरमा आठ, इलाममा सात, झापामा पाँच, सुनसरी र सङ्खुवासभामा दुई/दुई, ओखलढुङ्गामा एक र प्रदेशबाहिरका चार जना रहेका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या हालसम्म २९ हजार ३ सय ३२ पुगेको छ । यस प्रदेशमा अहिलेसम्म दुई लाख चार हजार २५६ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया