Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअख्तियार प्रमुखमा राई सिफारिस

अख्तियार प्रमुखमा राई सिफारिस

४५ दिनपछि स्वतः काम गर्न पाउने


काठमाडौं ।
संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक आयोगका रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गरेको छ । परिषद्को गत मंसिर ३० र आइतबारको बैठकले रिक्त विभिन्न पदमा नियुक्तिका निर्णय गरेको हो । बैठकले भ्रष्टाचारको विषयमा छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुन्धान आयोगका रिक्त प्रमुख आयुक्तमा प्रेमकुमार राई तथा आयुक्तमा जयबहादुर चन्द र किशोरकुमार सिलवाललाई नियुक्ति गर्न सिफारिस गरेको छ । संसद् भएको भए उनीहरुको नाम संसदीय समितिद्वारा अनुमोदन हुनुपर्छ । तर, संसद् नभएको कारण ४५ दिनपछि स्वतः उनीहरुले शपथ गर्न पाउनेछन् । आइतबार नै संघीय संसद् विघटन भएको कारण अब संसदीय सुनुवाइ हुनेछैन ।

राई प्रमुख आयुक्त भएपछि पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका नेताहरु भने त्रसित भएका छन् । लडाकु शिविरको भ्रष्टाचारकाण्डमा प्रचण्डलगायतका नेताहरु तानिने र ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल र डा. बाबुराम भट्टराईलगायतका नेताहरु तानिने अनुमान गरिएको छ । यद्यपि ललिता निवासको जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरिसकेको छ । नेपाल र भट्टराईलाई दोषी देखाएको छैन । यस्तै, परिषद् बैठकले निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधर, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षमा तपबहादुर मगर तथा सदस्यमा मनोज दुवाडी, डा. सूर्य ढुङ्गेल र लिली बस्नेत थापालाई नियुक्ति सिफारिस गरेको छ ।

त्यस्तै राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्यमा जुद्धबहादुर गुरुङ र अमरराज मिश्र, राष्ट्रिय महिला आयोगका अध्यक्षमा कमलाकुमारी पराजुली तथा सदस्यमा कृष्णकुमारी पौडेल खतिवडा र रीताकुमारी सिन्हा एवं मुस्लिम आयोगका सदस्यमा मोहमुद्धिन अली र निर्जा अरसत बेगको नाम सिफारिस भएको छ । उक्त निर्णयबारे परिषद्को सचिवालयले संसद् सचिवालयलाई जानकारी गराएको जनाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया