ओलीलाई हटाएर नेपाललाई दोस्रो अध्यक्ष
अध्यक्ष ओलीले बनाए महाधिवेशन आयोजक समिति

काठमाडौं ।
प्रतिनिधिसभा विघटन भएको तेस्रो दिन सत्तारुढ नेकपाको छुट्टाछुट्टै बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्षताको बैठकले पार्टीको महाधिवेशन आगामी मंसिर २ गतेदेखि काठमाडौंमा गर्ने भनेर एक हजार एक सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ भने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाको अध्यक्ष पक्षले ओलीलाई अध्यक्षबाट हटाएर त्यसको ठाउँमा माधव कुमार नेपाललाई दोस्रो दर्जाको अध्यक्ष बनाएको छ । उक्त समूहमा प्रचण्ड नै कार्यकारी हुन् ।
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले पूर्वप्रधानमन्त्री नेपाललाई अध्यक्षमा चयन गरेको हो । ओली समूहले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई चयन गरेको छ । पार्टी सदस्यबाट भने कुनै समूहले पनि कसैलाई पनि थप गरेको छैन ।
प्रचण्ड–नेपाल समूहले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीका रिक्त सदस्यमा मनोनयन गर्ने कमिटीकै प्रस्तावलाई सर्वमम्मतिले अनुमोदन गरेको छ । बैठकले पार्टीका कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीलाई यसअघि गरिएको अनुशासनको कारबाहीबाट फुकुवा गरी पूर्ववत् जिम्मेवारी दिने निर्णय पनि गरेको छ । बैठकले फुटवादी क्रियाकलापका विरुद्ध तथा पार्टी एकताका पक्षमा अपिल गर्दै विभिन्न प्रस्तावसमेत पारित गरेको छ ।
ताजा अपडेट
- स्थानीय तहमा स्वयंसेवक भर्ना संयुक्त राष्ट्रसंघीय महासन्धिविपरीत अख्तियारले भन्यो, ‘तुरुन्त बन्द गर्नू’
- संसद् पुनर्स्थापनापछिको नैतिक धरातल
- नेपालको उद्योग क्षेत्रमा चीन र अमेरिकाबाट धेरै लगानी
- देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल एसियामै पहिलो
- सरकारको तीन वर्ष र विकासको गति
- सरकार खोइ ?
- शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३औं वर्षमा प्रवेश
- नबिल बैंकद्वारा भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया