
काठमाडौँ ।
मंगलबार देशभर थप ७२२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजारको स्वास्थ्य परीक्षण गर्दा ३ सय १० महिला र ४ सय १२ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । मंगलबारसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ५५ हजार २ सय ३६ पुगेको छ । पछिल्लो समय थप ९ सय ६६ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ४५ हजार ७ सय ९ पुगेको छ । निको हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
अहिले देशभर सात हजार ७ सय २९ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ४ सय १३ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसैगरी सात हजार ७ सय २९ जना आइसोलेसनमा रहेका छन् । हालसम्म १८ लाख ८४ हजार १ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय ६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ७ सय ९८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप तीन जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मल आपूर्ति तथा वितरकको जिम्मा साल्ट ट्रेडिङ्गलाई
- नौ वर्षपछि पक्राउ परे वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पौडेल
- सेयर बजार परिसुचक २५ सय १५ अंकमा
- पशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डूको डिजिटल दान पेटिका शुभारम्भ
- सेञ्चुरी बैंक र राष्ट्रिय व्यवसायी महासंघबीच सम्झौता
- कुमारी बैंक र काठमाडौँ इमेजिङबीच सम्झौता
- मुक्तिनाथ विकास बैंकको नारी विशेष अफर
- एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया