नमोबुद्ध इन्टरनेशनल मोडेल स्कुललाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ ।
टोखा नगरपालिका–६ स्थित नमोबुद्ध इन्टरनेशनल मोडेल स्कुलले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय विद्यालय अवार्ड’ प्राप्त गरेको छ । शिक्षा क्षेत्रमा काम गरिरहेका दुई संस्था इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन (इन्सिड) तथा सोसाइटी फर पर्मानेन्ट आर्ट, कल्चर एण्ड एजुकेसन (स्पेस)ले डिसेम्बर २० मा आयोजना गरेको अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन र पुरस्कार कार्यक्रममा अवार्डको घोषणा गरिएको हो । भर्चुअल रुपमा भारतको नयाँ दिल्लीबाट सञ्चालित कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, नाइजेरिया, मलेसिया, इन्डोनेशिया, साउदी अरेबिया, मेक्सिको, थाइल्याण्डलगायत विश्वको ५० भन्दा बढी देशका २ सय ५० भन्दा संस्था तथा व्यक्तिको सहभागिता थियो ।
पोष्ट ‘कोभिडको समयमा जीवन र आजीविकाको लागि समग्र शिक्षा–अगाडिको बाटो’ विषयवस्तुमा आयोजित उक्त सम्मेलनमा ‘योग्य शैक्षिक संस्थाहरुका लागि विशिष्ट पुरस्कार’ भन्ने मूल नाराका साथ विभिन्न विधाका पुरस्कारहरु वितरण गरिएको थियो । कोभिड–१९ का कारण बन्द रहेको अवस्थामा पनि विद्यालय गरेको शैक्षिक गतिविधिलाई समेत आधार बनाई अवार्ड स्कुललाई प्रदान गरिएको हो । विद्यालयले भर्चुअल शिक्षण सिकाइ प्रक्रियामा अपनाएका शिक्षण पद्धतिहरु, श्रव्यदृश्य कक्षा, लिखित तथा मौखिक मूल्यांकन विधि, विद्यालयको भौतिक पूर्वाधार, स्कुलका उपलब्धि आदिलाई मूल्यांकनको आधार बनाइएको थियो ।
कार्यक्रममा नमोबुद्ध इन्टरनेशनल मोडेल स्कुलका संस्थापक प्रिन्सिपल ज्ञान बहादुर तामाङ र को–अर्डिनेटर सन्तोष खत्रीको सहभागिता थियो । अन्तर्राष्ट्रिय अवार्डले विद्यालयको शिक्षा गुणस्तरीय छ भन्ने कुरालाई प्रमाणित गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार लामाले बताए । शिक्षा क्षेत्रमा विगत दुई दशकभन्दा लामो समयदेखि सञ्चालित नमोबुद्ध इन्टरनेशनल मोडेल स्कुलले प्ले ग्रुपदेखि कक्षा १० सम्मको शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा १२ सम्मको शिक्षा प्रदान गर्ने तयारी गरिरहेको संस्थापक प्रिन्सिपल ज्ञान बहादुर तामाङले जानकारी दिए ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया