Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदाहाल–नेपाल समूहका केन्द्रीय सदस्यलाई आयोगले बोलाउँदै

दाहाल–नेपाल समूहका केन्द्रीय सदस्यलाई आयोगले बोलाउँदै


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहले पार्टीको आधिकारिकताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सो समूहका तर्फबाट पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको हस्ताक्षरसहित पुस ७ गतेको केन्द्रीय समितिको निर्णय आयोगको जानकारी तथा आवश्यक कारबाहीका लागि भनी आयोगमा पत्र दर्ता भएको आयोगले जनाएको छ ।

उक्त समूहले ४ सय ४१ सदस्यीय नेकपाको केन्द्रीय कमिटीमध्ये २ सय ८७ जना आफ्नो पक्षमा रहेको जिकिर गर्दै आधिकारिकता आफ्नो पक्षले पाउनुपर्छ भन्ने माग गरेको छ । उक्त पत्र दर्ता गराउन पार्टी नेता सुरेन्द्रप्रसाद पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान आयोग गएका थिए । तर, उक्त समूहले मंगलबार भने तीन सय १५ जनाले हस्ताक्षर गरेको प्रचार गरेको थियो । बुधबार दर्ता भएको नामावलीको विषयमा पनि अब आयोगले बोलाएरै सनाखत गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया