Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारधितोपत्र बोर्डद्वारा आईसीटी अपरेसन म्यानुअल २०२० कार्यान्वयन

धितोपत्र बोर्डद्वारा आईसीटी अपरेसन म्यानुअल २०२० कार्यान्वयन


काठमाडौँ ।

नेपाल धितोपत्र बोेर्डले आईसिटी अपरेसन म्यानुअल २०२० कार्यान्वयनमा ल्याएको छ । बोर्डका अनुसार बोर्डको मंगलबारको निर्णयअनुसार पुुस ८ गते अर्थात् बुुधबारबाट म्यानुुअल कार्यान्वयनमा ल्याइएको हो । चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा बोर्डको सूचना प्रविधि नीति लागू गर्न आवश्यक निर्देशिका तर्जुमा गरी लागू गर्ने तथा सूचना प्रविधि नीतिमा उल्लिखित कार्यहरु सम्बन्धित पक्षहरुबाट कार्यान्वयन योजना बनाई लागू गर्ने व्यवस्था गरिएबमोजिम सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग समेत समन्वय गरी सेबोन आईसीटी अपरेसन म्यानुअल २०२० कार्यान्वयमा ल्याईएको बोर्डले जनाएको छ ।

यसमा सूचना प्रविधिसम्बन्धी संगठनात्मक व्यवस्था; तथ्यांक केन्द्र सञ्चालन तथा व्यवस्थापन; सूचना प्रविधि सञ्जाल पूर्वाधारको व्यवस्था; सूचना प्रविधिसम्बन्धी अनुसन्धान तथा विकास; बोर्डमा प्रयोगमा ल्याउने सूचना प्रविधि उपकरणहरुको खरिद तथा विकास गर्दा आवश्यक प्राविधिक मूल्यांकन तथा हस्तान्तरण पूर्वको निरीक्षण तथा परीक्षण; हार्डवेयर, पावर तथा इनर्जीस्तरीय एवम् प्रभावकारी व्यवस्था; सूचना, सञ्चार तथा प्रविधिको दैनिक प्रयोगको व्यवस्थापन र सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी तालिम तथा सचेतना अभिवृद्धिलगायतका व्यवस्थाहरु समावेश गरिएको जानकारी पनि बोर्डले दिएको छ ।

बोर्डका अनुसार म्यानुअल लागू भएसँगै धितोेपत्र बजार सहभागीहरुले बोर्डमा बुझाउनुपर्ने वार्षिक तथा त्रैमासिक विवरणलगायतका अन्य आवधिक विवरणहरु अनलाइनमार्फत पेश गर्नसक्ने गरीे बोर्डबाट वि.सं. २०७७ असोज २३ देखि सञ्चालनमा ल्याइएको इलेक्ट्रिक रिपोर्टिङ एण्ड रिटे«भल सिस्टम (ईआरआरएस) प्रयोग प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।म्यानुुअल कार्यान्वयनमा आएपश्चात् बोर्डको आन्तरिक सूचना तथा प्रविधि व्यवस्थापन कार्य प्रभावकारी हुने, सूचना प्रविधिको स्तर अभिवृद्धि हुने र सूचना प्रविधिको स्तरीय प्रयोग एवं प्रभावकारी व्यवस्थापनबाट बोर्डको संस्थागत क्षमता अभिवृद्धि भई बजार नियमन तथा सुपरिवेक्षणमा कार्य प्रभावकारी जानकारी पनि बोर्डले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया