ईपीएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने पक्राउ

काठमाडौं ।
विभिन्न समयामा ईपीएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका १९ घर भई काठमाडौं महानगरपालिका ५ रुद्रमतीमार्ग, कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सेन्सिगे कन्सल्टेन्सी बागबजार काठमाडौंमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्ने उत्तम मान समेतले विभिन्न समयमा कोरियन भाषाको ईपीएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरूलाई प्रभाव तथा प्रलोभनमा पारी विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिई उत्तीर्ण हुने र प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म लिई विद्यार्थीहरुलाई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको खुल्न आएको छ ।
विशेष सूचना आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उत्तममानलाई पक्राउ गरी आवश्य्क कारवाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको जनाएको छ ।
ताजा अपडेट
- नेपालको उद्योग क्षेत्रमा चीन र अमेरिकाबाट धेरै लगानी
- देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल एसियामै पहिलो
- सरकारको तीन वर्ष र विकासको गति
- सरकार खोइ ?
- शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३औं वर्षमा प्रवेश
- नबिल बैंकद्वारा भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु
- बैंक अफ काठमाण्डूको अगुवाइमा अप्पर खुदी जलविद्युत् आयोजनामा कर्जा
- कतार एयरवेज यूईएफए युरोको आधिकारिक एयरलाइन प्रायोजक
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया