काठमाडौं, पुस १८
गृह मन्त्रालय र अन्तर्गतका निकायहरूमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । आव २०७४/०७५ सम्मको बेरुजुलाई ८८ दशमलव ५० प्रतिशत फर्छ्यौट गराई नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो । त्यस्तै सशस्त्र प्रहरीले ८६ दशमलव ९६ प्रतिशत बेरुजु फर्छ्यौट गरेको छ । अध्यागमन विभागले ८४ दशमलव ६२ प्रतिशत बेरुजु फछ्र्यौट गरेको छ भने गृह मन्त्रालयले ७४ दशमलव ४१ प्रतिशत बेरुजु फर्छ्यौट गरेको छ । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सर्वोत्कृष्ट र उत्कृष्ट इकाइलाई पुरस्कृत गरेका छन् ।
गृहमन्त्री थापाले गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेललाई १०/१० हजार रूपैयाँसहित पुरस्कृत गरेका हुन् । त्यस्तै, तत्कालीन आर्थिक प्रशासन शाखा प्रमुख उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृत मिठाराम सुवेदी, शालिकराम पराजुली र लेखापाल नरबहादुर कुँवर आठ/आठ हजार रूपैयाँसहित पुरस्कृत भएका छन् ।
गृह मन्त्रालय र अन्तर्गतका निकायहरूले आव २०७४/०७५ सम्मको बाँकी बेरुजु फछ्र्यौटको प्रगतिका आधारमा बेरुजु फछ्र्यौट मूल्याङ्कन तथा अनुगमन समितिको सिफारिसबमोजिम नेपाल सरकार (मन्त्रीस्तर)को निर्णयअनुसार उक्त निकायहरूलाई सम्मान गरिएको हो । बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा गत आव मा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया