Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक र डोटीको सायल गाउँपालिका तथा बैतडीको पञ्चेश्वर गाउँपालिकाबीच सम्झौता

नबिल बैंक र डोटीको सायल गाउँपालिका तथा बैतडीको पञ्चेश्वर गाउँपालिकाबीच सम्झौता


काठमाडौँ ।

नबिल बैंक र डोटीको सायल गाउँपालिका तथा बैतडीको पञ्चेश्वर गाउँपालिकाबीच सम्झौता भएको छ । बैंकले स्थानीय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पु¥याउने उद्देश्यअनुरूप विभिन्न गाउँपालिकामा रहेका शाखामार्पmत स्थानीय निकायसँग समन्वय गरी साना तथा मझौला व्यवसायका साथै कृषिसम्बन्धी कार्यक्रममा सहयोग पु¥याउनको लागि स्थानीय निकायसँग सम्झौता गरेको हो ।

सोही उद्देश्यअनुरूप यही पुुस पाँच गते सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेल र यही पुस छ गते पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दसँग नबिल बैंकका सहायक महाप्रबन्धक गणेशप्रसाद अवस्थीको उपस्थितिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्दबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सो कार्यक्रममा जनप्रतिनिधि, स्थानीय व्यवसायी, व्यापारी, महिला उद्यमी, कृषक एवं विभिन्न राजनीतिक दलहरूका प्रतिनिधि समेतका उपस्थिति थिए । उक्त कार्यक्रममाथि प्रकाश पार्दै नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिकाअनुरूप व्यावसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशीलतामा आधारित सहुलियत पूर्ण कर्जाको माध्यमबाट स्थानीयको आर्थिक विकासमा बैंकले के–कस्तो योगदान दिन सक्छ भन्ने विषयमा स्पष्ट पारे ।

गाउँपालिकाका अध्यक्षद्वय तेजबहादुर डुम्रेल र गोरखबहादुर चन्दले, बैंक र गाउँपालिकाबीच सम्झौता प्रशंसा योग्य रहेको धारण व्यक्त गरे । सो कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले यो सम्झौताबाट सो क्षेत्रको कृषि तथा उद्यमशीलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउँको आर्थिक विकासका गतिविधिमा थप टेवा पुग्ने धारणा व्यक्त गरे । बैंकले एक सय १९ वटा शाखाहरू, एक सय ८५ वटा एटीएमहरूको विशाल संरचना र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापीरूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवाप्रदान गरेर आफ्ना सबै स्टेक होल्दरहरूसँगै अघि बढ्ने विश्वास राखेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया