Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्मल वल्र्डमार्फत ई–सेवा मनि ट्रान्सफरको सेवा थप २२ वटा देशहरूबाट सुरु

स्मल वल्र्डमार्फत ई–सेवा मनि ट्रान्सफरको सेवा थप २२ वटा देशहरूबाट सुरु


काठमाडौँ ।
ई–सेवा मनि ट्रान्सफर र ‘स्मलवल्र्ड’बीच रेमिट्यान्स् कारोबार गर्ने सम्झौता भएको छ । यो सेवा सुरु भएपछि अमेरिका, बेलायत, सेनजेन, ब्राजिलगरि २२ वटा देशहरूमा रहेका नेपालीहरूले ‘स्मलवल्र्ड’मार्फत नगद तथा कुनै पनि बैंक खातामा र ई–सेवा वालेटमा पैसा पठाउन सकिनेछ । नगदमा पठाइएको रकम नेपाल भर रहेका ई–सेवा मनि ट्रान्सफरका आठ हजारभन्दा एजेन्ट तथा ई–सेवा वालेट एपमा पनि प्राप्त गर्न सकिनेछ । त्यसैगरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।

स्मल वल्र्ड ग्राहकहरूको भरपर्दाे र विश्वासिलो भुक्तानी सेवाप्रदायक, रेमिट्यान्स कम्पनी हो जसको सिद्धान्त विप्रेषण भुक्तानीको सेवा र माध्यमबाट विशाल संसारलाई सानो बनाउने रहेको छ । स्मलवल्र्डको विश्वभरि दुुई लाख ५० हजारभन्दा धेरै एजेन्ट सञ्जाल र आठ सयभन्दा बढी दक्ष जनशक्तिद्वारा वार्षिक एक करोड ५० लाखभन्दा वटाभन्दा बढी कारोबार गर्दछ ।

ई–सेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्पmत नेपालमा सेवा प्रदान गर्दै आइरहेको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदा सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ । ई–सेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रूपमा स्थापना गर्नु आफुहरूको उद्देश्य रहेको ई–सेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया