वर्षमा एक अर्बभन्दा बढीको जडीबुटीको कारोबार

बझाङ ।
सुदूरपश्चिम प्रदेशले एक वर्षमा अर्ब रुपैयाँभन्दा बढीको जडीबुटी निर्यात गर्नेगरेको एक अध्ययनले देखाएको छ । सुदूरपश्चिमका पाँचवटा नाका हुँदै जडीबुटीको निर्यात हुने गरेको छ । हिमाली क्षेत्रमा पाइने यार्सा, कटुकी, वन लसुन, सेतक चिनी, सतुवालगायतका अन्य जडीबुटी निर्यात भएको अध्ययनले देखाएको छ । सुदूरपश्चिम प्रदेशको निर्यात र सम्भाब्यता अध्यनको लागि कैलाश भू–परिधि संरक्षण तथा विकास कार्यक्रमले सुदूरपश्चिम प्रदेशको व्यापार र सम्भाव्यता अध्ययन गरेको थियो ।
उक्त अध्ययन सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले बिहीबार धनगढीमा एक कार्यक्रमको आयोजना गरी सार्वजानिक गरेको हो । यस प्रदेशको उतरतर्फ तिब्बत पर्छ भने पश्चिम र दक्षिणमा भारत पर्छ । यो प्रदेश कर्णाली प्रदेशपछि जडीबुटीको मुख्य व्यापार हुने क्षेत्रको रूप्मा पनि चिनिन्छ ।
अध्ययनका अनुसार हिमाली भेगमा पाइने जडीबुटीको संरक्षण र संवद्र्धन गर्नसके आर्थिकरूपमा हिमाली भेगका जनता सम्पन्न हुने भएकोले भारतलगायत खाडी मुलुकमा जान पर्दैन । तर अझै पनि यो प्रदेशमा रहेको कुल जनसंख्याको एक तिहाइभन्दा बढी गरिबीको रेखामुनि रहेको छ । हिमाली भेगमा पाइने लोक्ता, अल्लो, रिठा, चिउरालाई लोकल बजारमा उत्पादन र बिक्रीवितरण गर्न तीनवटै सरकारबाट नीति नियम बनाउन आवश्यक रहेको बझाङ साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले सरकारले ठोस नियम कानुन बनाई छिटोभन्दा छिटो प्रदेशमा भएका लोकल उत्पादनलाई प्रचारप्रसार गर्ने बताइन् । प्रदेशमा रहेका अति महत्वपूर्ण जडीबुटी खेर जानु दुःखद भएको भन्दै उनले यसलाई आगामी दिनमा खेर जान नदिनका लागि कैलाश भू–परिधि संरक्षण तथा विकास कार्यक्रमसँग सहकार्य गर्ने बताइन् ।
कैलाश भू–परिधिको अध्ययनले मन्त्रालयलाई पनि काम गर्न निकै सहयोग पुग्ने मन्त्रालयका सचिव योग्यनाथ दाहालले बताए । सुदूरपश्चिम प्रदेशको जीवनस्तर उकास्नलाई अध्ययन अनुसन्धान हुन पनि जरुरी रहेको भन्दै उनले मन्त्रालयबाट पनि प्रदेशमा भएका स्रोत्र र साधनको सही सदुपयोग गर्ने र उत्पादनमा जोड दिन लागिपरेको जानकारी दिए ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया