अधिकृतसँगै भन्सारका एजेन्टलाई भ्रष्टाचार मुद्दा
विराटनगरका तत्कालीन भन्सारप्रमुख

विराटनगर ।
मधेश आन्दोलनका क्रममा विराटनगर भन्सारको बागडोर सम्हालेका भन्सारप्रमुख र भन्सार अधिकृतदेखि भन्सार एजेन्ट समेतलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष ०७२/०७३ देखि दुई वर्षसम्म विराटनगर भन्सारको भन्सारप्रमुख रहेका कृष्णबहादुर बस्नेत, भन्सार अधिकृत राजेन्द्र ढुंङ्गाना र भन्सार एजेन्ट सन्तोष खरेललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बयान लिएको लिएको थियो ।
भन्सार प्रमुख बस्नेत र भन्सार अधिकृत ढुंगानालाई अकुत सम्पत्तिको आरोपमा अख्तियारले मुद्दा नै चलाएको छ । भन्सार एजेन्ट खरेललाई दुवैको सहयोगीका रूपमा काम गरेको भन्दै बयान लिएको लिएको थियो । भन्सार एजेन्टलाई अख्तियारले बयान लिएको घटना सार्वजनिकपश्चात् विराटनगर भन्सारमा रहेका एजेन्टदेखि कर्मचारीसम्ममा अहिले त्रास उत्पन्न भएको छ ।
विराटनगर भन्सारबाट भन्सार विभाग हुँदै पछिल्लो समय अर्थ मन्त्रालयको उपसचिवमा कार्यरत राजेन्द्र ढुंगानाविरुद्ध चार करोड ६८ लाख रूपैयाँभन्दा बढी बिगो दाबी गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यस्तै कृष्णबहादुर बस्नेतविरुद्ध पनि अख्तियारले १० करोडभन्दा बढीको मुद्दा दायर गरिसकेको छ । यी दुवै मधेश आन्दोलनताका विराटनगर भन्सारका भन्सार अधिकृत र प्रमुख भन्सार अधिकृतका रूपमा कार्यरत कर्मचारी हुन् ।
भन्सार एजेन्ट सन्तोष खरेल वीरगञ्ज भन्सारमा भन्सार एजेन्ट रहेका कुमार खरेलका भाइ हुन् । भन्सार प्रतिनिधिका रूपमा विराटनगर भन्सारमा रहेका सन्तोष खरेल भन्सार अधिकृतदेखि लिएर भन्सार कर्मचारीमा सेटिङ मिलाउने काममा निपूर्ण रहेको भन्सार एजेन्टहरु नै बताउने गर्दछन् । वीरगञ्ज भन्सारमा भन्सार एजेन्ट रहेका दाजुकुमार खरेलको भन्सार प्रतिनिधिका रूपमा काम गर्दै आएका सन्तोष खरेलले विराटनगर भन्सारका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेत र भन्सार अधिकृत राजेन्द्र ढुंगानालाई प्रभावमा पारी मधेश आन्दोलनका समयमा खरेलले समेत कर्मचारी समरक्षण गर्दै अकुत कमाएको आरोप लागेपछि सन्तोष खरेललाई अख्तियारले बयान लिएको हो ।
अख्तियारले गरेको छानबिनका क्रममा सरकारी सेवामा प्रवेश गरेका ढुंगाना र बस्नेतले त्यसयता विभिन्न क्षेत्रमा गरी ठूलो रूपैयाँ खर्च तथा लगानी गरेका देखिएको अख्तियारले दाबी गरेको छ । उपसचिव ढुंगानाले गरेको खर्च तथा लगानीमध्ये चार करोड ६८ लाख ४८ हजार पाँच सय ५६ रूपैयाँको स्रोत नखुलेका कारण अख्तियारले सोही रकमबराबर बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ढुंगानाविरुद्ध बिगोअनुसार जरिवाना र अवैधरूपमा आर्जिक सम्पत्ति जफतका साथै २ वर्ष कैद सजाय समेत मागदाबी गरेको छ ।
त्यसैगरी विराटनगर भन्सारका तत्कालीन भन्सार प्रमुख कृष्णबहादुर बस्नेतका विरुद्ध पनि बिगोबराबर जरिवाना र कैद माग गरी अख्तियारले मुद्दा दायर गरेको छ । त्यसैगरी भन्सार एजेन्ट सन्तोष खरेललाई पनि भन्सार कर्मचारीसँगको सेटिङमा करोडौंको व्यक्तिगत लाभ लिई राजस्व असुलीमा हानि पु-याएको आरोप लागेको छ । पछिल्लो समय विराटनगर भन्सार परिसरमा समेत कमै देखिने सन्तोष खरेल अहिले विराटनगरमा आलिसान जीवन यापन गर्ने भन्सार एजेन्टको अग्रपंक्तिमा रहेको यहाँका भन्सार एजेन्टहरुले जानकारी दिएका छन् ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- नेतृत्वका कारण झन् तनावको खतरा
- रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक पक्राउ
- यातायात र स्वास्थ्य क्षेत्रका कम्पनीमा धेरै विवाद
- एयरटेल सहकारीका सञ्चालकलाई जेल र जरिवानाको सजाय
- हल्लाले सेयरबजार हल्लायो
- सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण
- ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर सहयोग
- नेपाल बैंकद्वारा फोन–पेको क्यूआर स्टेन्ड वितरण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया