नवनियुक्त पर्यटनमन्त्री ढकालद्वारा पदभार ग्रहण

काठमाडौं ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणको क्रममा उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो राजनीतिक उद्देश्य नभएको बताए ।
‘स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मेरो राजनीतिक उद्देश्य होइन । जति सक्छु म जनता र देशको सेवामा समर्पित हुन्छु’, उनले भने, ‘मैले जति कमाउनु छ मलाई सुनाम कमाउनु मात्रै छ ।’
राज्यलाई दोहन गरेर राज्यबाट के पाउँछु भन्दा पनि राज्यलाई समृद्ध बनाउनेतर्फ सबैले सोच्नु आवश्यक रहेको बताउँदै मन्त्री ढकालले भने, ‘आफ्नो तथा सबैले आफ्नो योगदान के हुन सक्छ र त्यो संस्थाको उपयोगिता कसरी हुन्छ भने कुरामा बृहत् रुपमा सोच्नु आवश्यक छ । राज्य दोहन गरेर राज्यबाट के पाउँछु भन्ने कुराभन्दा पनि राज्यलाई समृद्ध बनाउने कुरामा मेरो योगदान के हुनसक्छ र त्यो संस्थाको उपयोगिता कसरी हुन्छ भन्ने कुरामा अलि बृहत् भएर सोचौँ ।’
तारागाउँ समितिको पनि आफ्नै महत्व भएको तर त्यसभित्रको कथा बेग्लै भएकोले त्यसलाई सुधार गर्न आफूले अध्ययन गर्ने बताउँदै उनले पर्यटन मन्त्रालयको इतिहासलाई हेर्दा गर्व गर्ने ठाउँँ रहेको तर त्यसभित्रका बदनामीहरुले राम्रो नगरेको बताए । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका पर्यटनमन्त्री ढकाल कोभिड महामारीमा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको विषयमा विवादित रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण
- ज्योति विकास बैंकद्वारा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
- सिटिजन्स बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसबीच छुट सम्झौता
- सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन
- जनउत्थान लघुवित्तले कमायो दुई करोड ७४ लाख
- बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि
- बम राखिएको हल्लापछि ताजमहल बन्द
- बंगलादेशको निर्यातमा कोरोना महामारीको असर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- इन्टिग्रिटी आइकन २०२० सार्वजनिक
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
तपाईको प्रतिक्रिया