
काठमाडौं ।
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले मुलुकमै रोजगारी सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणको क्रममा उनले कोभिड १९ महामारीका कारण नेपालका साथै विश्वभर रोजगारीको समस्या मुख्य समस्या रहेको बताउँदै मुलुकको बेरोजगार समस्या समाधान गर्न आफू अग्रसर रहने बताए ।
‘कोभिड महामारीका कारण उद्योगधन्दा बन्द छ, रोजगारी सिर्जना हुनसकेको छैन’, उनले भने, ‘यस्तो अवस्थामा पनि रोजगारी सिर्जना गर्नु आवश्यक छ, जति सक्छु रोजगारी सिर्जना गर्नेछु नसकेको विषयमा सबैलाई जानकारी गराउनेछु र कमजोरी भएमा माफी माग्नेछु ।’ यस्तै मन्त्री चौधरीले विभिन्न मुलुकहरुसँग भएको श्रम सम्झौताको विषयमा अध्ययन गर्ने बताए । ‘श्रम सम्झौता भएका मुलुकसँग श्रम सम्झौताको अवस्था कस्तो छ त्यसको अध्ययन गर्छु’, उनले भने, ‘आवश्यकताअनुरुप सम्झौता अघि बढाउने काम गर्नेछु ।’
मेनपावरबाट हुने ठगीलाई कम गर्ने बताउँदै उनले मेनपावरले कानुनविपरीत काम गरिरहेका छन् भने त्यसलाई कसरी रोक्ने सकिन्छ त्यसतर्फ छलफल अघि बढाउने मन्त्री चौधरीले बताए । मन्त्री चौधरीले आफूले भर्खरै श्रम मन्त्रालयका जिम्मेवारी सम्हालेको बताउँदै मन्त्रालयले विगतमा गरेको कामकारबाहीको अध्ययन गरी भोलिका दिनमा कसरी अघि बढ्ने भन्ने निर्णय लिने बताए । नवनियुक्त श्रममन्त्री चौधरीसँग यसअघि कृषि मन्त्रालय सम्हालेको अनुभव छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया