Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारठगी आरोपमा कक्षपति जेल चलान

ठगी आरोपमा कक्षपति जेल चलान


काठमाडौं ।
ठगी आरोपमा घरजग्गा कारोबारी सहदेव कक्षपति जेल चलान भएका छन् । काठमाडौ महानगरपालिका वडा नं ३४ बस्ने राजेन्द्रप्रसाद गोयलले चेक अनादरमा होटल एभरेष्ट इन्टरनेसनल लि.को प्रबन्ध निर्देशक सारिक लारी र सहदेव कक्षपतिलाई प्रतिवादी बनाई मुद्दा दाएर गरेका थिए ।

मुक्त मुद्दामा सुनुवाई गर्दै गत मंसिर १ गते काठमाडौं जिल्ला अदालतले कक्षपतिलाई दुई करोड बिगो भराई तीन महिना कैद र तीन हजार जरिवाना हुने ठहर गरेको थियो । उक्त फैसला आएपछि कक्षपति फरार भएका थिए । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कक्षपतिलाई शनिबार नियन्त्रणमा लिएर फैसला कार्यान्वयनको लागि आइतबार काठमाडौं जिल्ला अदालतमा आवश्यक कारबाहीको लागि बुझाएको थियो । अदालतले उनलाई डिल्लीबजार कारागार थुनामा पठाएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया