सेयर बजारमा राजनीतिक धक्का
कारोबार रकममा दैनिक झण्डै पाँच अर्बको कटौती

काठमाडौं ।
सेयर बजारमा राजनीतिक धक्का लागेको छ । नेकपाको विभाजनसँगै राजनीति कसरी अगाडि बढ्दै छ भन्ने एकीन नभएको कारण बजारमा लगानीकर्ताहरू घटेका छन् । दैनिक नौ अर्ब रुपैयाँ पुगेको सेयर कारोबार केही दिनदेखि दैनिक चार अर्ब रुपैयाँ आसपासमा सीमित हुनपुगेको छ ।
कारोबार रकममा भारी कटौती भए पनि बजार परिसूचक भने सामान्य अंकले उकालो लागेको छ । नौ अर्बको कारोबार हुने बजारमा ग्राहकहरू सत्तारुढ नेकपाको सत्ता जोडघटाउमा लागेका छन् । यसले समग्र बजारलाई नै प्रभावित पारेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक पाँच दशमलव ५७ अंकले उकालो लागेर दुई हजार १२ दशमलव ८९ अंकमा चढेको छ । यो वृद्धि अतिसामान्य हो ।
मंगलबार ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव १३ अंकले ओरालो लागेर तीन सय ८२ दशमलव ४४ अंकमा झरेको छ । यस दिन १२ वटा उपसमूहअन्तर्गत दुई सय नौवटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट ३७ हजार नौ सय १६ पटकको कारोबारमा ८० लाख एक हजार तीन सय १४ कित्ता सेयर किनबेच भएका छन् । उक्त परिमाणमा सेयर किनबेच हुँदा कुुल कारोबार रकम भने चार अर्ब नौ करोड २२ लाख २७ हजार आठ सय दुुई रुपैयाँ पुुगेको छ ।
यस दिन कारोबार भएका कुल उपसमूहमध्ये चारवटा उपसमूहको सूचक उकालो लागेका छन् । उकालो लागेका सूचक पनि सामान्य छन् । आठवटा उपसमूहको सूचक भने नराम्रोसँग ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक नौ दशमलव सात अंकले ओरालो लागेर १५ सय २४ दशमलव पाँच अंकमा झरेकोमा विकास बैंक उपसमूहको सूचक पनि १८ दशमलव ९५ अंंकले ओरालो लागेर २१ सय १५ दशमलव ८९ अंकमा झरेको छ ।
यसैगरी जलविद्युुत् उपसमूहको सूचक पनि १८ दशमलव ७२ अंकले ओरालो लागेर १५ सय ६३ दशमलव ५८ अंकमा झरेकोमा जीवन बीमा उपसमूहको सूचक पनि ७० दशमलव दुई अंकले ओरालो लागेर १३ हजार एक सय ४५ दशमलव ३८ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स र सामूहिक लगानी कोष समूहको सूचकहरू पनि क्रमशः तीन दशमलव २२, चार दशमलव ५४, दुई दशमलव १५ र शून्य दशमलव शून्य एक अंकले ओरालो लागेका छन् ।
यस्तै, निर्जीवन बीमा उपसमूहको सूचक भने ११ दशमलव ८५ अंकले उकालो लागेर नौ हजार तीन सय ८९ दशमलव ६७ अंकमा चढेकोमा लघुवित्त समूहको सूचक पनि ११ दशमलव ३७ अंकले उकालो लागेर तीन हजार दुई सय दशमलव ५७ अंकमा चढेको छ । यीबाहेक उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः एक सय ९५ दशमलव चार र ५० दशमलव सात अंकले उकालो लागेका छन् ।
यस दिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नागरिक लगानी कोषको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर तीन हजार ६२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि नौ दशमलव ८९ प्रतिशतले बढेर पाँच सय रुपैयाँमा किनबेच भएको छ । यीबाहेक हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, शिवम् सिमेन्ट आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फाइनान्सको सेयर मूल्य भने छ प्रतिशतले घटेर एक सय ४१ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सेन्ट्रल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पनि चार दशमलव नौ अंकले घटेर एक सय ६४ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक मितेरी डेभलपमेन्ट बैंक, राधी जलविद्युुत् कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यस दिन नबिल बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता १३ सय ८६ रुपैैयाँ अन्तिम मूल्यमा ५३ करोड एक लाख ७७ हजार नौ सय ९० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको शिवम् सिमेन्टको प्रतिकित्ता १४ सय ५३ रुपैयाँ अन्तिम मूल्यमा २७ करोड ९३ लाख ८० हजार छ सय ४२ रुपैयाँको सेयर किनबेच भएको छ ।
यीबाहेक ग्लोवल आईएमई बैंक, नेपाल पुनर्बीमा कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुसार यसदिन गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको नियमित कारोबारका लागि पाँच दशमलव २५ प्रतिशत अर्थात् नौ लाख ८५ हजार चार सय ४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया