Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेगाप्लस सहकारीका पोखरेलद्वारा ऋण अपचलन

मेगाप्लस सहकारीका पोखरेलद्वारा ऋण अपचलन


काठमाडौं ।
राजधानीको बालाजुस्थित गंगाहलनजिकै कार्यालय रहेको मेगाप्लस सहकारीका अध्यक्ष बद्री पोखरेलले सहकारीको रकम अपचलन गर्ने गरेको खुलेको छ । मेगा टेलिभिजन, मेगा केबल नेटवर्क र मेगा सहकारी गरी तीनै संस्थाको अध्यक्ष रहेका पोखरेलले सहकारीको रकम आफ्नै अध्यक्षता रहेको अन्य संस्थाबाट मनोमानी रुपमा निकाल्ने गरेको पाइएको छ ।

मेगा केबल नेटवर्कका सञ्चालकमध्येका एक श्याम प्रसाद पौडेलका अनुसार पोखरेलले सहकारीको रकम ठगी अभियोगमा जेल परेका वेभ सर्फरका अध्यक्ष सुमन क्षेत्रीलाई जेलबाट निकाल्न समेत प्रयोग भएको खुलासा भएको छ । ‘उहाँहरुले ठगी अभियोगमा जेल परेका वेभ सर्फरका मालिक सुमन क्षेत्रीका दाजु भाइलाई जेलबाट निकाल्न त्यति बेला नै ८५ लाख रुपैयाँ सहकारीबाट निकाल्नुभएको रहेछ’, पौडेलले भने, ‘त्यही सम्बन्धका कारण मेगा केबलमा वेभसर्फरको लगानीकर्ता कम्पनी बोर्डले ५० प्रतिशत लगानी गरेको छ । त्यो रकम त्यही ऋणबाट कटाइँदै छ ।’

लेखापरीक्षण प्रतिवेदनअनुसार उनी आफैँ अध्यक्ष रहेको सहकारी मेगा प्लसबाट आफैँ अध्यक्ष प्रबन्धसञ्चालक रहेको मेगा केबल नेटको नाममा एक करोडभन्दा बढी ऋण निकालिएको छ । आफू संलग्न भएकै कम्पनीको नाममा आफ्नै अध्यक्ष रहेको सहकारी तथा वित्तीय संस्थाबाट ऋण निकाल्नु नै ऋण अपचलन हो ।

सहकारी विभागका एक अधिकारीका अनुसार यसरी ऋण निकाल्ने सहकारीविरुद्ध लिखित उजुरी आए विभागले कारबाही गर्नसक्छ । सहकारीका अध्यक्ष पोखरेलले टेलिभिजन, सहकारीमा आफू र आफ्नो स्टाफले खाएको खाजा समेत मेगा केबलको नाममा बिल तिराउने गरेको सेयरधनी पौडेलको आरोप छ ।

सहकारीले पोखरेल नै अध्यक्ष रहेको मेगा केवललाई नै २१ प्रतिशत ब्याज र ३ प्रतिशत सेवाशुल्कमा ऋण लगाएको छ । ‘मेगा केवलसँग २१ प्रतिशतको दरले ब्याज खाइरहेको छ भने सोही रुपमा हिसाब गर्दा केबलमा मात्रै उनले ३० देखि ३१ लाख रुपैयाँ अपचलन गरेको छ’, पौडेलले भने ।

लेखापरीक्षण प्रतिवेदनअनुसार पोखरेलले सहकारीसँग कर्जा उपयोग पुष्टि नहुने कागजात पेश गरेर मेगा केबलको एकै नाममा पटक ४६ लाख रुपैयाँ निकालेका छन् । उनले आफैँ अध्यक्ष रहेको टेलिभिजनको नाममा समेत करोडौँ ऋण अपचलन गरेको स्रोतले जानकारी दियो । सहकारीबाट पोखरेलले सन् २०१७ जुन १४ मा लिएको मेगा केबलको नाममा लिएको ११ लाख रुपैयाँ ऋण कम्पनीको नाममा रहेको मेगा सहकारीकै खातामा समेत जम्मा भएको छैन । उनले यो रकम आफूखुसी प्रयोग गरेको लेखापरीक्षण प्रतिवेदनमै देखिन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया