
काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि २०७७ कार्यान्वयनमा ल्याएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार सूचना प्रविधि नीति २०७७ अन्तर्गत रहेर विभिन्न प्रयोगकर्ताहरुबाट निश्चित शुल्क लिई वास्तविक समयको वा ऐतिहासिक तथ्यांक उपलब्ध गराउने गरी सो कार्यविधि कार्यान्वयनमा ल्याइएको हो ।
‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि २०७७ यही पुस १ गते स्वीकृत गरिएको र सोही मितिदेखि नै कार्यविधि कार्यान्वयनमा ल्याइएको हो’, नेप्सेका प्रमुख कार्यकारी साउदले भने । कुनै पनि तथ्यांक प्र्रयोगकर्ताले इन्भेष्टमेन्ट कम्पनी, वित्तीय विश्लेषण आदिका लागि, तथ्यांक वितरक, वित्तीय औजार विकासकर्ता आदिको व्यापारिक तथा पुनः वितरण प्रयोजनको लागि, सञ्चारमाध्यमहरुको समाचार निर्माण तथा प्रदर्शन प्रयोजनको लागि, गैरव्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक प्रयोग (विश्वविद्यालय, कलेज, गैरनाफामूलक अनुसन्धानात्मक संस्थाहरु आदिको लागि) र विदेशी कम्पनी वा व्यक्तिको अनुसन्धान प्रयोजनको लागि यस्तो तथ्यांक प्रयोग गर्न सकिने उनले बताए ।
नेप्सेको कुनै पनि तथ्यांक प्रयोगकर्ताहरुले नेप्सेसमक्ष तथ्यांक प्रयोगको स्पष्ट उद्देश्य समेत खुुलाई आवश्यक कागजपत्र समेत पेस गर्नुपर्नेछ । निवेदन प्राप्त भएपश्चात् एपीआई प्रयोगकर्ताहरुको हकमा सूचना प्रविधि पूर्वाधार तथा एपीआई प्रयोगको लागि सुरक्षित रहे नरहेको जाँच गर्नुपर्नेछ । यो सबै गरेपश्चात् प्रयोगकर्ताहरुले नेप्सेबाट उपलब्ध हुने तथ्यांक प्राप्त गर्नको लागि त्रैमासिक रुपमा अग्रिम शुल्क भुक्तानी गर्नुपर्नेछ । नेप्सेका अनुसार यस्तो तथ्यांक व्यक्तिगत प्रयोजनको लागि, व्यक्तिगत प्रयोजनको लागि प्रयोग गर्न सकिनेछ ।
तथ्यांक प्रयोगको लागि इन्भेष्टमेन्ट कम्पनी, वित्तीय विश्लेषक आदिको प्रयोगको लागि सबै डाटा मासिक १७ हजार रुपैयाँमा, इन्डेक्स डाटा मासिक तीन हजार रुपैयाँमा, फ्लोर सिट मासिक छ हजार रुपैयाँमा, लाइभ टे«डिङ प्राइस मासिक छ हजार रुपैयाँमा, कर्पोरेट इम्फरमेसन मासिक दुई हजार रुपैयाँमा, कर्पोरेट एक्सन मासिक तीन हजार रुपैयाँमा गर्न सकिनेछ । यसैगरी रियल टाइम डिलेड डाटाको लागि एक हजारदेखि १७ हजार रुपैयाँ शुल्क तोकिएको छ भने हिस्टोरिक ट्रेडिङ डाटाको लागि १५ सयदेखि ३५ हजार रुपैयाँसम्मको शुल्क तोकिएको छ । यस्तो डाटा प्रयोग र शुल्कको अवधि न्यूनतम एक महिनादेखि पाँच वर्षसम्मको पनि हुनेछ ।
नेप्सेका अनुसार डाटा प्रयोगको शुल्क इन्भेष्टमेन्ट कम्पनी, वित्तीय विश्लेषक आदिको लागि फरक छ भने तथ्यांक वितरक वित्तीय औजार विकासकर्ता आदिको व्यापारिक तथा पुनः वितरण प्रयोजनको निम्ति फरक छ । सञ्चारमाध्यमहरुको समाचार प्रयोजनको लागि भने सबै डाटा प्रयोगको लागि १० हजार, इन्डेक्स डाटा प्रयोगको लागि दुई हजार, फ्लोर सिटको लागि पाँच हजार, लाइफ ट्रेडिङको लागि पाँच हजार, कर्पोरेट इन्फरमेसनको लागि १० हजार र कर्पोरेट एक्सनको लागि २० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको नेप्सेले जानकारी दिएको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- नेपाल फाइनान्सको चौथो शाखा सैनामैनामा
- ६१ प्रतिशतले घट्यो अस्ट्रेलियामा चिनियाँ लगानी
- तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच कोटा निर्धारणको विषयले तनाव बढ्यो
- संसारमा थपिए छ सय १० नयाँ अर्बपति
- इलामको चिया र दार्जेलिङको चर्चा
- घटेका हवाइ यात्रु र नेपालको पर्यटन नीति
- एक्स्कर्टसको नयाँ डिगम्याक्स थ्रीई मेसिन नेपालमा
- सामसङले एस२० प्लसको मूल्य १० हजार घटायो
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया