भीम रावलको निर्देशनमा नेकपा सुदूरपश्चिमको बैंक खाताबाट ३० लाख रुपैयाँ झिकियो

धनगढी ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा सुदूरपश्चिमको बैंक खातामा रहेको ३० लाख रूपैयाँ नेकपा प्रचण्ड–नेपाल समूहले झिकेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापा, प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको नाममा कृषि विकास बैंकको धनगढी शाखामा रहेको संयुक्त खाताबाट ३० लाख झिकिएको नेकपा ओली समूहका नेताले आरोप लगाएका छन् ।
नेकपा ओली समूहका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले पार्टी इन्चार्ज भीम रावलको ठाडो निर्देशनमा पार्टीको सम्पत्ति एकलौटीरूपमा अध्यक्षलाई कुनै जानकारी नदिएर झिकिएको आरोप लगाए । ‘पार्टीको सम्पत्ति नासमास गर्न कसैले पनि पाउँदैनन्,’ थापाले भने, ‘यो निकै आपराधिक काम भएको छ । मैले पार्टी विभाजनको अवस्थामा पुगेपछि बैंकका म्यानेजरलाई समेत यस्तो परस्थितिमा निकासा नदिन अनुरोध गरेको थिएँ । तर अहिले बुझ्दा प्रदेश सचिव चौधरी र कार्यालय सचिव सुवेदीले हस्ताक्षर गरेर खातामा रहेको ३३ मध्ये ३० लाख त्यहाँबाट गायब पारिएको छ ।’
थापाले प्रचण्ड–नेपाल समूहका इन्चार्ज भीम रावलको निर्देशनमा सबै काम भएको आरोप समेत लगाएका छन् । ‘भीम रावलको निर्देशनमा सबै काम भएको छ । त्यो अपराधपूर्ण काम हो । कुनै पनि हालतमा यसलाई छोड्नेवाला छैनौँ’, उनले भने– ‘यो कुन राजनीतिसँग मेल खान्छ ? पार्टीमा राजनीतिक हिसाबले चलेको विवाद एकखालले समाधान होला ।’ उनले बैँकका कर्मचारीको समेत रकम झिक्ने कार्यमा संलग्नता भएको दाबी गरेका छन् । नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले भने पार्टी अध्यक्ष, सचिव र कार्यालय सचिव गरि तीन जनामध्ये कुनै दुई जनाको नामबाट खाता सञ्चालन भएको बताए ।
‘अध्यक्ष, सचिव र कार्यालय सचिवका नाममा खाता हो । अहिले नेपाल कम्युनिस्ट पार्टी नेकपामा हामी नै बहुमतप्राप्त भएको सबैलाई थाहा छँदै छ,’ रावलले भने– ‘हामी आधिकारिक हो । अब आधिकारिक पार्टीको खाता सञ्चालन उहाँहरूले के प्रयोजनका लागि गर्नुहुन्छ ? रकम चलाउने, पत्राचार गर्ने, त्यो उहाँहरूको अधिकारको कुरा हो । त्यसमा मलाई गालीगलौज गर्नू भनेको निकृष्ट कार्य हो ।’ पार्टीको आधिकारिक व्यक्तिले रकम निकाल्नु स्वभाविक भएको उनले बताए ।
ताजा अपडेट
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
- मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान
- हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
- हरेक चारदेखि पाँच हप्तामा एप्पलले खरिद गर्छ कम्पनी
- पेट्रोलियम पदार्थको राजनीतीकरण एवं सुरक्षा
- समृद्धिका लागि युवाशक्तिको सही परिचालन
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया