एक अर्ब ३२ करोड राजस्व छली गर्ने राम किशोर प्रसाद फरार

काठमाडौं ।
राजस्व अनुसन्धान विभाग, पुल्चोकले झूटा तथा नक्कली मूल्यअभिवृद्धि कर बीजक प्रयोग गरी राजस्व चुहावट गरेको आरोपमा २८ वटा फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको छ । तर उक्त २८ वटा फर्ममध्ये २६ वटा फर्म भने एकै व्यक्ति २८ वर्षीय राम किशोर प्रसादले सञ्चालन गर्ने गरेको पाइएको छ । विभागका अनुसार पप्पु भ्याट भनेर समेत चिनिने प्रसाद हाल भने फरार रहेको बताइएको छ ।
योसँगै विभागले सर्लाही स्थायी घर भई हला पद्म कोलोनी सीतापाइला, काठमाडौंमा बस्ने प्रसादसहित अन्य २६ वटा फर्मका प्रोपाइटरबाट एक अर्ब ३२ करोड ४६ लाख १२ हजार बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । उनले आर्थिक अवस्था कमजोर भएका मजदुरहरुलाई सीमित रकम दिई उनीहरुबाट कागजात लिई कम्पनी दर्ता गर्ने गरेको पाइएको छ ।
विभागका अनुसार प्रसादले मोहन ट्रेड इन्टरनेशनल (स्थायी लेखा नं ६०३८४१७६५) लगायत अन्य २६ वटा फर्महरु कमजोर आर्थिक अवस्थामा भएका मजदुरलगायतका व्यक्तिको नाममा दर्ता गरी उक्त सबै फर्मको बैंक खाता सञ्चालन उनले नै गरी विभिन्न फर्महरुको नाममा झूटो तथा नक्कली बिक्री बीजक गरी आर्थिक वर्ष ०७१/७२ देखि ०७४/७५ सम्ममा मूल्यअभिवृद्धि कर तथा आयकर राजस्व चुहावट गरेको पाइएको छ ।
विभागले विभिन्न विभिन्न फर्महरुको नाममा झूटो तथा नक्कली बिक्री बीजक गरी तीन आवमा मूल्य अभिवृद्धि कर तथा आयकर राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित कार्य गरी ऐनको दफा ४ बमोजिम कसुर गरी मूल्य अभिवृद्धि करतर्फ ४३ करोड ८१ लाख ८० हजार र आयकरतर्फ ८६ करोड ५६ हजार एक हजार र लाभांश करतर्फ दुई करोड आठ लाख ३० हजार राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा (छ) बमोजम कुल बिगो एक अर्ब ३२ करोड ४६ लाख १२ हजार कायम गरी उक्त फर्महरुको मुख्य कारोबारी प्रसाद समेत उक्त विभिन्न फर्मका २८ जना प्रोपाइटरहरुविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ तथा सोही ऐन (पहिलो संशोधन २०७६) को दफा २३ बमोजिम बिगो रकम एक अर्ब ३२ करोड ४६ लाख १२ हजार असुलउपर गरी जरिवाना र कैद सजाय मागदाबी गर्दै उच्च अदालतमा मुद्दा दायर गरेको हो ।
विभागका महानिर्देशक दीर्घराज मैनालीले प्रसादले मागअनुसारको बिल बनाइदिने गरेको पाइएको बताएका छन् । ‘कपडा आयात गर्नेलाई फलाम, कागजलगायतको आवश्यकता अनुरुप बिल निर्माण गरिदिने गरेको पाइएको छ’, उनले भने, ‘बिल बनाइदिएबापत उनले तीनदेखि चार प्रतिशत कमिसन लिने गरेको पाइन्छ ।’
यस्तै फरार रहेका प्रसादको सम्पत्ति सम्पूर्ण रोक्का गरेको छ । विभागका अधिकारीका अनुसार उनले सम्पत्ति श्रीमतीको नाममा राखेको अनुसन्धानको क्रममा खुल्न आएको छ भने सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनकी श्रीमती सावित्री रौनियारको नाममा रहेका सम्पत्ति पनि रोक्का गरिएको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच कोटा निर्धारणको विषयले तनाव बढ्यो
- संसारमा थपिए छ सय १० नयाँ अर्बपति
- इलामको चिया र दार्जेलिङको चर्चा
- घटेका हवाइ यात्रु र नेपालको पर्यटन नीति
- एक्स्कर्टसको नयाँ डिगम्याक्स थ्रीई मेसिन नेपालमा
- सामसङले एस२० प्लसको मूल्य १० हजार घटायो
- रियलमी आठौँ सिरिजमा १०८ एमपी क्यामेरा
- डिजी पेलाई भुक्तानी सेवा प्रदायकको अनुमति
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया