Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकमुष्ठ कर्जा लिन उद्योगी र व्यवसायीले माघ १६ गतेसम्म निवेदन दिनुपर्ने

एकमुष्ठ कर्जा लिन उद्योगी र व्यवसायीले माघ १६ गतेसम्म निवेदन दिनुपर्ने


काठमाडौं ।
विश्व महामारी कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित उद्योग, व्यवसायहरुको लागि एकमुष्ठरुपमा प्रदान गरिने पुनर्कर्जाको लागि आवेदन दिने समय आउँदो माघ १६ गतेसम्म तोकिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुुवित्त वित्तीय संस्था समेतको नाउँमा सार्वजनिक सूचना जारी गर्दै उक्त मितिसम्म पुनर्कर्जाको लागि आवेदन दिइसक्न निर्देशन दिएको हो । पुनर्कर्जा कार्यविधि २०७७ अनुसार एकमुष्ठरुपमा प्रदान हुने लघु, घरेलुु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाको यस्तो आवेदन दिनुपर्नेछ ।

आवेदनका लागि योग्य कर्जाअन्तर्गत कोरोना भाइरस (कोभिड १९) बाट अतिप्रभावित क्षेत्र अर्थात् पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, ट्राभल एजेन्सी, मनी चेन्जर कम्पनी, हवाइ, मनोरञ्जन पार्क, चलचित्र उत्पादन, वितरण, सिनेमा हल, रोजगारी गुमेका श्रमिक आदि रहेका छन् । कोभिड १९ बाट मध्यम प्रभावित क्षेत्रअन्तर्गत भने खप्ने सामानहरु जस्तै प्लाष्टिक, फलाम स्टिल, ब्युटिपार्लर, हेल्थ सेन्टर, स्पा, फिटनेस सेन्टर, निर्माण व्यवसाय, औषधि उत्पादन, छपाइ प्रकाशन तथा सञ्चार गृह, निर्माणाधीन जलविद्युत् गृह, नवीकरणीय ऊर्जालगायतका रहेका छन् ।

अतिप्रभावित र मध्यम प्रभावित उद्योग व्यवसायहरुका तर्फबाट बैंक तथा फाइनान्स कम्पनीहरुले माग गर्ने कुल पुनर्कर्जा संस्थाको प्राथमिक पुँजीको २० प्रतिशतसम्म राष्ट्र बैंकले जनाएको छ । एकभन्दा बढी बैंक तथा वित्तीय संंस्थाहरुमार्फत कर्जा उपयोग गरेका ऋणीहरुको हकमा एक बैंक वा वित्तीय संस्थामार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्नेछ भने पुनर्कर्जाको लागि आवेदन गर्दा लघु, घरेलुु तथा साना उद्यम क्षेत्रका ऋणीहरुलाई अधिकतम मात्रामा समेट्ने गरी आवेदन गर्नुपर्नेछ । आवेदकको लागि कर्जा छनौट गर्दा संस्थाको पुँजीकोष राष्ट्र बैंकले तोकेको अनुपातमा हुनुपर्ने शर्तहरु तोकिएको जाकारी पनि राष्ट्र बैंकले दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया