
काठमाडौं ।
काठमाडौंमा कोरोना संक्रमणको सम्भावना प्रबल भइरहेकै बेला विभिन्न विश्वविद्यालयहरुले वार्षिक परीक्षा कार्यक्रम सञ्चालन गर्न थालेका छन् । तर, परीक्षा सञ्चालन गर्दा अधिकतम स्वास्थ्य सावधानी अपनाउनुपर्नेमा पोखरा विश्वविद्यालयले भने विद्यार्थीको स्वास्थ्यमा लापरबाही गरेर परीक्षा सञ्चालनको तयारी गरेको छ ।
‘सरकारको निर्णयअनुसार जुनसुकै विश्वविद्यालयलाई परीक्षा सञ्चालनको अनुमति दिइएको छ’, शिक्षा मन्त्रालयका एक उपसचिवले भने, ‘परीक्षा सञ्चालन गर्ने भन्दैमा स्वास्थ्यसम्बन्धी मापदण्ड खुकुलो बनाइएको होइन । विद्यार्थी र परीक्षा संलग्न सबै कर्मचारीको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ ।’
शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डभित्र रहेर परीक्षा सञ्चालन गर्न भने पनि पोखरा विश्वविद्यालयले लापरबाहीपूर्ण तरिकाले परीक्षा केन्द्र तोकेर विद्यार्थीको स्वास्थ्य अवस्थामा लापरबाही गरेको अभिभावकहरुको गुनासो छ । ‘त्रिविले आफ्नै क्याम्पस तथा विद्यार्थीहरुलाई घरपायक पर्ने गरी परीक्षा सञ्चालन गरिरहेको छ । काठमाडौं विश्वविद्यालयले पनि विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिएर परीक्षा केन्द्र तोकेको थियो’, एक अभिभावकले आर्थिक दैनिकसित भने, ‘पोरखा विश्वविद्यालयले भने लापरबाहीपूर्ण तरिकाले परीक्षा केन्द्र तोकेको छ । घर पायक दिएको छैन ।
विद्यार्थीहरु बसमा चढेर परीक्षा दिन जानुपर्ने बाध्यता सिर्जना गरेको छ । यो लापरबाही धेरैको स्वास्थ्य अवस्थामा जोखिम बढाएको छ ।’ सरकारले देशभर विद्यालय खुलाउने तयारी पनि गरेको छ । यद्यपि काठमाडौं उपत्यकाको विद्यालय खुल्नको लागि अझै धेरै समय लाग्ने देखिन्छ । धेरै अभिभावकहरुले फागुन लागेपछि परीक्षा सञ्चालन गर्न अनुरोध गरे पनि विश्वविद्यालयहरुले टेरेका छैनन् । तर परीक्षा केन्द्र तोक्दा विद्यार्थीहरुको घरपायकमा विशेष ध्यान दिनुपर्नेमा पोखरा विश्वविद्यालयले भने ध्यान दिएको छैन ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण
- ज्योति विकास बैंकद्वारा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
- सिटिजन्स बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसबीच छुट सम्झौता
- सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन
- जनउत्थान लघुवित्तले कमायो दुई करोड ७४ लाख
- बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि
- बम राखिएको हल्लापछि ताजमहल बन्द
- बंगलादेशको निर्यातमा कोरोना महामारीको असर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- इन्टिग्रिटी आइकन २०२० सार्वजनिक
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
तपाईको प्रतिक्रिया