Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा न्यौपाने

उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा न्यौपाने


काठमाडौं ।
सरकारले दुई वर्षका लागि उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धकमा गोपी न्यौपानेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उद्योग, वाािणज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मध्यपुुरथिमि नगरपालिका भक्तपुरका न्यौपानेलाई महाप्रबन्धकका रूपमा नियुक्त गरेको हो ।

उद्योगका महाप्रबन्धकका लागि मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको थियो । उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले न्यौपाने, काठमाडौँका ध्रुवबहादुर देवकोटा र कपिलवस्तुका भूप्रेन्द्रप्रसाद अर्यालको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सिफारिस समितिमा पूर्वसचिव कृष्णहरि बाँस्कोटा, रामेश्वर खनाल र नारायणप्रसाद बिँडारी रहेका थिए ।

न्यौपाने नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घ र नेपाल बार एसोसिएसनका सदस्य तथा नेपाल अटो मोबाइल्स सङ्घ नाडाका महासचिवसमेत भइसकेका छन् । उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले २०७५ पुस २४ गते नेपाल आयल निगमको प्रबन्धनिर्देशक भएसँगै उक्त पद खाली थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया