Techie IT
×
गृहपृष्ठसमाचार‘एकीकरण पदयात्रा’ कार्यक्रमको शुभारम्भ

‘एकीकरण पदयात्रा’ कार्यक्रमको शुभारम्भ


काठमाडौं ।
नेपाली सेनाले ‘एकीकरण पदयात्रा’ कार्यक्रमको शुभारम्भ गरेको छ । दुई सय ९९औं ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसर पारेर सेनाले मंगलबारदेखि पुस २७ गतेसम्म गोर्खाली सेनाद्वारा विजय अभियानको लागि प्रयोग भएका पदमार्गहरू गोरखादेखि धादिङ, नुवाकोट हुँदै काठमाडौँ जङ्गी अड्डासम्म सञ्चालन हुने ‘एकीकरण पदयात्रा’ गोरखा दरबारबाट शुभारम्भ भएको छ ।

विभिन्न स्थानहरूमा सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा प्रवचनको कार्यक्रमहरू समावेश रहने उक्त पदयात्राको दौरान राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालिन सैनिक पोशाकमा सोही समयमा खडा भएका नेपालका पहिला पाँचवटा युनिटहरूको निशान झन्डा संलग्न भएको सेनाले जनाएको छ ।

उक्त कार्यक्रममा नेपाली सेनालगायत स्थानीय, सरकारी, गैरसरकारी निकायहरू र सर्वसाधारणको समेत सहभागिता रहेको छ । यसप्रकारका कार्यक्रमले नेपालको इतिहासको जगेर्ना गर्दै राष्ट्रिय एकताको भावनामा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।



तपाईको प्रतिक्रिया