काठमाडौं, पुस २०
बैंकिङ क्षेत्रको निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप तीन दशमलव एक प्रतिशतले बढेको हो । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो निक्षेप तीन दशमलव छ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनाुसार वार्षिक विन्दुगत आधारमा २०७६ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १७ दशमलव चार प्रतिशतले बढेको छ ।
२०७६ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः सात दशमलव सात प्रतिशत, ३२ दशमलव पाँच प्रतिशत र ४८ दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः सात दशमलव सात प्रतिशत, ३४ दशमलव सात प्रतिशत र ४६ दशमलव दुुई प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार २०७६ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४ दशमलव सात प्रतिशत रहेको छ । २०७५ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव तीन प्रतिशत रहेको थियो ।
चालू आवको पछिल्लो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा आठ दशमलव पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५ दशमलव पाँच प्रतिशतले बढेको छ । २०७६ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४ दशमलव पाँच प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३ दशमलव छ प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ ।
राष्ट्र बैंकका अनुुसार २०७५ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३ दशमलव दुुई प्रतिशत र १४ दशमलव सात प्रतिशत रहेको थियो । चालू आवको चार महिनामा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा दुुई दशमलव नौ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा छ दशमलव चार प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा पाँच दशमलव चार प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा पाँच दशमलव नौ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा सात दशमलव एक प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुुसार पछिल्लो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा आठ दशमलव छ प्रतिशत, ट्रष्ट रिसिट अर्थात् आयात कर्जा नौ प्रतिशत, डिमान्ड तथा चालू पुँजी कर्जा छ दशमलव आठ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) पाँच दशमलव तीन प्रतिसत हायर पर्चेज कर्जा एक दशमलव एक प्रतिशत र ओभर ड्राफ्ट कर्जा शून्य दशमलव नौ प्रतिशतले बढेको छ । यस अवधिमा सेयर धितो अर्थात् मार्जिन प्रकृतिको कर्जा भने एक दशमलव पाँच प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
पुनः १० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक :- नेपाल राष्ट्र बैंकले पुस २१ गते सोमबार १० करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति पुुस २२ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको रहेको छ भने परिपक्व हुने मिति २०७६ चैत २५ गते तोकिएको छ । यसअघि यही पुुस १४ गते पनि राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको १० करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
- वीर अस्पातलको निर्देशकमा डा. श्रवण कुमार थापा
- नागरिक उड्डयन प्राधिकरणद्वारा ५ सदस्यीय कमिटी गठन
- अपाङ्गता भएका व्यक्तिले सम्मानीत जीवन बाँच्न पाउनु पर्छ : मन्त्री ज्वाला
धेरैले पढेको
- पत्रपत्रिका बन्द गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन !
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया