काठमाडौं, पुस २०
नेपाल आर्थिक संघको २९औं वार्षिक साधारणसभाले आगामी तीन वर्षका लागि १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । नेपालका अर्थशास्त्रीहरुको एकमात्र पेशागत संगठन नेपाल आर्थिक संघ नेपालको आर्थिक क्षेत्रमा विभिन्न नीतिगत तथा अनुसन्धानमूलक कार्यमा संलग्न हुँदै आएको छ ।
संघले नेपाल सरकारलाई खास गरी बजेट निर्माण तथा अन्य आर्थिक नीतिनिर्माण सम्बन्धमा समय समयमा स्वतन्त्र रुपले परामर्श दिँदै आएको कुरा संघका नवनिर्वाचित महासचिव गोपाल तिवारीले बताए । नेपालका वरिष्ठ अर्थशास्त्रीहरु, संघका साधारण सदस्य तथा आजीवन सदस्यको सहभागिता भएको उक्त भेलाले वरिष्ठ अर्थशास्त्री प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेलको अध्यक्षतामा आगामी तीन वर्षका लागि १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
उक्त वार्षिक भेलालाई सम्बोधन गर्दै श्रीलंकाका लागि नेपालका पूर्वराजदूत वरिष्ठ अर्थशास्त्री प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेलले संघले युवा अर्थशास्त्रीहरुलाई आर्थिक नीति तथा कार्यविधिहरुमा नयाँ दृष्टिकोणसहित पेश हुनसक्ने बनाउने विश्वास व्यक्त गरे । वरिष्ठ अर्थशास्त्रीको अनुभव र नयाँ पुस्ताको भिजन तथा ऊर्जाले नेपालको आर्थिक क्षेत्रमा उल्लेख्य टेवा दिनसक्ने र त्यसको आधारस्तम्भको रुपमा संघलाई परिचालित गरिने बताए ।
‘संघ नयाँ पुस्तालाई आर्थिक नीति तर्जुमादेखि कार्यान्वयनसम्मका कार्यमा सरकार तथा विकासका सहयात्रीहरुलाई तयार गर्ने स्वतन्त्र पेसागत संगठनको रुपमा विकास गरिनेछ’, अध्यक्ष प्याकुरेलले भने । आगामी कार्यक्रमका रुपमा देशका सातै प्रान्तमा राष्ट्रिय आर्थिक मुद्दाहरु तथा वित्तीय संघीयतासम्बन्धी विषयहरुमा प्रान्तस्तरीय संवादहरु सञ्चालन गर्ने कार्यक्रम रहेको तथा राष्ट्रिय तहमा अनुसन्धान सम्मेलन गरिने कुरा संघका नवनिर्वाचित महासचिव तिवारीले बताए ।
संघका अध्यक्ष प्रा.डा. प्याकुरेलले नेपाल आर्थिक संघले राष्ट्रिय बजेट तथा सरकारले तोकेका अन्य प्राथमिकताका क्षेत्रमा नीतिनिर्माण सम्बन्धमा स्वतन्त्र राय दिने कार्यलाई निरन्तरता दिइने समेत बताए । कार्यक्रममा सहभागीहरुले संघ दरिलो थिंक ट्याङ्कको रुपमा विकसित हुँदै गइरहेको तथा यसको साख विस्तार हुँदै गइरहेको अवस्थामा यसका गतिविधिले विशेष महत्व राख्ने भएकोले नयाँ कार्यसमितिले उक्त साख विस्तारका लागि थप चनाखो र सक्रिय भएर लाग्नुपर्ने बताए ।
संघको नवनिर्वाचित कार्यसमितिमा प्रा.डा. विश्वम्भर प्याकुरेल अध्यक्ष, डा. भवानी ढुंगाना वरिष्ठ उपाध्यक्ष, प्रा. डा. गोविन्द नेपाल उपाध्यक्ष, गोपाल प्रसाद तिवारी महासचिव, डा. खोमराज खरेल सचिव र प्रा. डा. शान्ता सिंह कोषाध्यक्ष रहेका छन् । अन्य कार्यसमिति सदस्यहरुमा प्रा.डा. विजय श्रेष्ठ, प्रा.डा केशवराज खड्का, केशव प्रसाद आचार्य, डा. पोषराज पाण्डे, प्राडा शिवराज अधिकारी, प्रा.डा. माधव प्रसाद दाहाल, डा. मणि कुमार नेपाल, डा. यादवमणि उपाध्याय, नविन अधिकारी तथा जमुना श्रेष्ठ रहेका छन् । साथै संघमा त्रि.वि. केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. कुसुम शाक्य पदेन सदस्य रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
- वीर अस्पातलको निर्देशकमा डा. श्रवण कुमार थापा
- नागरिक उड्डयन प्राधिकरणद्वारा ५ सदस्यीय कमिटी गठन
- अपाङ्गता भएका व्यक्तिले सम्मानीत जीवन बाँच्न पाउनु पर्छ : मन्त्री ज्वाला
धेरैले पढेको
- पत्रपत्रिका बन्द गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन !
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया