‘व्यावसायिक क्षेत्रको समस्या चाँडै समाधान हुन्छ’
काडमाडौं, पुस २०
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यावसायिक क्षेत्रमा देखा परेका समस्याको क्रमिक समाधान गर्न आफू र मन्त्रालय सधैँ कटिबद्ध रहने बताए । उनले निजी क्षेत्रसँग सहकार्य गरी परिणाममूलक नतिजा निकाल्न सरकार तयार रहेको भन्दै समग्र निजी क्षेत्रको धारणा प्रस्तुत गर्न समेत आह्वान गरे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा शुक्रबार मन्त्रालय गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री भट्टले चालू आर्थिक वर्षको पाँच महिनामा निकासीको तथ्यांक उत्साहप्रद रहेको उल्लेख गरे । उनले व्यापारघाटा न्यूनीकरण गर्न यो दिगो हुनुपर्ने र निर्यातयोग्य वस्तुहरुको देशगत एवं वस्तुगत रुपमा विविधीकरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै वस्तुको उत्पादनदेखि निकासी बजार तहसम्म प्रवर्द्धनात्मक कार्य गरी निकासी वृद्धि गर्नुको विकल्प नरहेको दाबी गरे ।
भेटमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई चेम्बरको तर्फबाट बधाई तथा कार्यकालको शुभकामना दिँदै चेम्बका अध्यक्ष राजेशकाजी श्रेष्ठले औद्योगिक व्यावसायिक ऐनले दिएको सुविधा सहुलियत आर्थिक ऐनले काट्न नहुने बताए । साथै उनले स्थानीय कर र अन्य करको चाप बढ्दै व्यवसायको लागत बढेको र विभागीयस्तरको अधिकार प्रत्योजनको प्रतिशत बढाउनुपर्ने र कम झन्झटिलो बनाउनुपर्ने बताए ।
वैदेशिक लगानी आकर्षित गर्दा स्वदेशमा उपलब्ध स्रोत र साधनको परिचालन हुने गरी लगानी बढाउन प्रोत्साहित गर्नुपर्ने र आपूर्ति व्यवस्थापनमा सरल, सहज र नियमित आपूर्ति व्यवस्था गर्न ‘बफर स्टक’को व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । पुराना ऐन कानुन खारेज गरी समयानुकूल ऐन कानुनको तर्जुमा गरी उपभोक्ता एवं व्यवसायीमैत्री कानुनको तर्जुमा र परिपालना गर्नुपर्ने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
- स्वावलम्बनको वित्तीय साक्षरता
- अर्थतन्त्र सुधार्ने जिम्मा डा. महतलाई
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया