Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यवसायी गोयलद्वारा आम्दानीअनुसार कर तिरेनन्

व्यवसायी गोयलद्वारा आम्दानीअनुसार कर तिरेनन्


विराटनगर ।
विश्वभरि नै कोभिड १९ का कारण व्यापर व्यवसाय धरासायी बन्यो तर विराटनगरका एक व्यापारिक घरानाका व्यक्तिहरूले भने लकडाउनका बेला राम्रो कमाइ गरेका थिए । लकडाउनका बेला राम्रो कमाइ गरेका उनीहरूले राजस्व भने छली गरेको पाइएको छ ।

गत चैत्र ११ गतेदेखि औपचारिकरूपमा सरकारले लकडाउन गरेपछि अन्य व्यवसाय बन्द भए पनि खाद्यान्नलगायतका दैनिक उपभोग्य सामग्रीका उद्योग तथा व्यापार निर्वादरूपमा चलिरहेका थिए । तर खाद्यान्य, दलहन र गेडागुडी र विभिन्न कम्पनीका उत्पादन बिक्रीवितरण गर्ने आधिकारिक डिलरका रूपमा रहेको दिप ट्रेडिङले भने चालू आर्थिक वर्षको छ महिनाको कारोबार विवरण न्यून देखाएको छ । लकडाउनको बेलामा समेत निर्वादरूपमा सञ्चालन भइरहेको दिप ट्रेडिङले चालू आर्थिक वर्षको आफ्नो कारोबारबाट करोडौँको भ्याट ठगी गरेको पाइएको हो ।

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भ्याटमा दर्ता भएर दिप ट्रेडिङका नाममा ३०००९८७१४ भ्याट नम्बर समेत प्राप्त गरेको उक्त फर्मले विभिन्न कम्पनीका उत्पादन बिक्री गर्दा पूर्णरूपमा स्टीमेट बिलको प्रयोगबाट मात्र लकडाउनका समयमा सामान बिक्री गर्ने गरेको थियो । उक्त फर्मका सञ्चालक दिनदयाल गोयल रहेका छन् । तर उक्त फर्मबाट हंशराज गोयलले दलहन गेडागुडी र खाद्यान्य समेतको निर्वाधरूपमा कारोबार गरी करोडौंको भ्याटदेखि आयकर समेत व्यापक छली गरेको दाबी समाचारस्रोतले गरेका छन् ।

विगत लामो समयदेखि नै दिप ट्रेडिङले विभिन्न उद्योगका उत्पादनको डिलरसिप पाएदेखि नै राज्यलाई बुझाउने भ्याट र आयकर दुवै ठगी गर्दै आइरहेको छ । विराटनगरमा रहेको उक्त ट्रेडिङका सञ्चालक दिनदयाल गोयल आफू काठमाडौंमा बसेर कारोबार गर्नेगरेका छन् । गोयलले पनि लकडाउनका समयमा खाद्यान्यलगायत गेडागुडी र दलहनको लकडाउनका समयमा अपेक्षा गरेभन्दा धेरैको कारोबार गरेको उनका निकटवर्ती व्यवसायीले बताउने गरेका छन् । यता उनका भाइ हंशराज गोयलले पनि लकडाउनका समयमा उक्त फर्मलाई नै प्रयोग गरी विराटनगरदेखि सुनसरी र झापासम्म खाद्यान्यलगायत गेडागुडी र दलहनको राम्रो कारोबार गरेका थिए ।

लकडाउन सुरुदेखि नै कारोबार गर्नका लागि अगाडिदेखि नै दर्ता कायम गरी राखिएको हंशराज गोयलको अमुल्य ट्रेडर्स भनी आन्तरिक राजस्व कार्यालय विराटनगरबाट ३००९८४१९३ मा फर्म दर्ता गरी निर्बाध काम गर्न थालेपछि राजस्व ठगीका थप प्रकरणहरू खुल्न पुगेका हुन ।

विराटनगरमा व्यापारिक टाट पल्टिएकाहरू लकडाउनपछि अहिले एक्कासि माथिल्लो दर्जाको व्यापारिमा उक्लिएसँगै उनीहरूको राजस्व छली प्रकरण खुल्न पुगेको हो । हंशराज गोयल आफू एक्लै भएपछि उनले अर्का भाइ गणेश गोयलका नाममा तुलसी ट्रेडिङ नामको फर्म दर्ता गरि आन्तरिक राजस्व कार्यालय विराटनगरबाट ३००२१४१८७ को भ्याट समेत दर्ता गरी स्टीमेट बीलको प्रयोगबाट विभिन्न कम्पनीको उत्पादन बिक्री गरी निर्बाध कारोबार गर्दै आएका छन् ।

सामान्य दैनिक जीवनयापन गर्नेदेखि माथिल्लो दर्जाका व्यक्तिहरू समेतले प्रयोग गर्ने चाउचाउदेखि खाद्यान्य समेतको कारोबारमा रहेको दिप ट्रेडिङ, तुलसी ट्रेडिङ र अमूल्य ट्रेडर्सका सञ्चालक गोयलको लकडाउनअघि र लकडाउनपछिको समयमा कारोबार दिन दुना र रात चौगुना भएर बढ्नपुगेको व्यवसायीहरूले नै बताएका छन् । लकडाउनका समयमा व्यवसायी गोयलले करोडौँको खाद्यान्य बिक्रीबाट दैनिक लाखौँ लाखसम्मको भ्याट ठगी गर्नेगरेको दाबी पनि स्रोतहरूले खोलेका छन् ।

विराटनगर बजारदेखि नेपाल र भारतको बोर्डरबीचमा ५ किमिको मात्र फरक भएका कारण गोयलले खाद्यान्य गेडागुडी र दलहनका सामानहरू भन्सार नै नतिरिकन लकडाउनको सदुपयोग गर्दै क्यारिङमार्फत ल्याएर समेत बजारमा बिक्री वितरण गरी अकल्पनीय राजस्व ठगी भएको दाबी पनि स्रोतले गरेको छन् । यसरी व्यवसायी गोयलले सरकारलाई दिँदै आएको आयकरमा समेत अकल्पनीय रकमको ठगी भएको कुरा समाचारस्रोतले गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया