Techie IT
×
गृहपृष्ठbreakingभारतले उत्पादन गरेको कोरोना खोपलाई नेपालमा अनुमति

भारतले उत्पादन गरेको कोरोना खोपलाई नेपालमा अनुमति


काठमाडौं ।
भारतले उत्पादन गरेको कोरोनाविरुद्धको खोपलाई नेपालमा आपत्कालीन प्रयोगमा अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति दिएको हो ।

विभागको शुक्रबार बसेको बैंठकले आपत्कालीन प्रयोगका लागि भारतीय कम्पनीले तयार पारेको खोप खरिद गर्ने निर्णय गरेको विभागले जनाएको छ । सरकारले पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप प्रयोगको अनुमति दिएको हो । सिरम इन्स्टिच्युट कम्पनीले एस्ट्राजेनेकासँगको सहकार्यमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित खोप उत्पादन गरिरहेको छ । यस खोपलाई ७० देखि ९० प्रतिशत प्रभावकारी मानिएको छ ।



तपाईको प्रतिक्रिया