चालू आवको छ महिनामा विराटनगरको राजस्वमा वृद्धि

विराटनगर ।
कोरोना महामारीले आर्थिक क्षेत्रलाई तहसनहस बनाएको बेलामा पनि आन्तरिक राजस्व कार्यालय विराटनगरले राजस्व संकलनमा प्रदेश १ कै अग्रपंक्तिमा रही राजस्व वृद्धि गरेको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष ०७७/०७८ का विगत ६ महिनामा संकलन गरेको राजस्वको तथ्यांक हेर्दा क्रमशः राजस्वमा वृद्धि हुँदै गएको पाइएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व संकलन गरेको कुरा आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत विमल सापकोटाले जानकारी दिएका छन् ।
यो राजस्वको वृद्धिदर गत आर्थिक वर्षको भन्दा ११ प्रतिशतले बढी हो । आराका विराटनगरले एक प्रतिशत मात्रले लक्ष्य पु-याउन सकेको भनाइ प्रमुख सापकोटाको रहेको छ । कोभिड १९ का कारण लकडाउनका समयमा मदिराजन्य उद्योग पूर्ण क्षमतामा नचल्दा गएको ६ महिनामा लक्ष्यभन्दा दुई करोड ५५ लाख मात्र कम राजस्व उठेको दाबी प्रमुख सापकोटाको छ । आराकाले ६ महिनामा आयकरबापत एक अर्ब ५३ करोड ८७ लाख ८२ हजार रुपैयाँ संकलन गरेको छ ।
यो राजस्व गत आर्थिक वर्षभन्दा तीन प्रतिशत बढी आयकर संकलन भएको हो । उनले लक्ष्यभन्दा ३२ प्रतिशत बढी आयकरमा राजस्व संकलन भएको बताए । त्यसैगरी मूल्य अभिवृद्धि करतर्फ एक अर्ब १४ करोड १९ लाख ८९ हजारको राजस्व संकलन भएको छ । मूल्य अभिवृद्धि करको संकलन गत आर्थिक वर्षको भन्दा २७ प्रतिशतले राजस्व बढेको कुरा बताइएको छ । मूल्य अभिवृद्धि करमा पनि लक्ष्यभन्दा ५९ प्रतिशतले वृद्धि भई कर संकलन बढेको छ ।
अन्तःशुल्क भने एक अर्ब २० करोड ८९ लाख ६३ हजार संकलन भएको छ । अन्तःशुल्क पनि गत आर्थिक वर्षको भन्दा ८ प्रतिशतले बढेको भए पनि लक्ष्य भने भेट्टाउन नसकेको कुरा बताइएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटाका अनुसार चालू आर्थिक वर्ष ०७७/०७८ मा प्राइभेट कम्पनीहरूले बुझाउनुपर्ने राजस्व ३ प्रतिशतले घटेको छ । घरजग्गा किनबेचबाट हुने मुनाफा र सेयर कारोबारबाट आउने करमा भने यसपटक समग्र रूपमा राजस्व बढेको छ । कोभिड १९ को असरका कारण ब्याज आम्दानीबाट आउने राजस्वमा ४० प्रतिशतले कर घटेको छ ।
गत आर्थिक वर्षमा ब्याज आम्दानीबाट आउने कर छ करोड १० लाख थियो भने यसपटक ३ करोड ६५ लाख मात्र राजस्व उठेको कुरा प्रमुख सापकोटाले बताए । मूल्य अभिवृद्धि करतर्फ उत्पादनबाट मूल्य अभिवृद्धि कर ५४ प्रतिशतले बढेको छ । त्यस्तै बिक्रीवितरणबाट आउने कर एक प्रतिशतले घटेको छ । ठेक्का तथा परामर्शबाट आउने कर १० प्रतिशतले बढेको छ । अन्य औद्यौगिक उत्पादनबाट आउने कर १० प्रतिशतले बढेको छ । कर संकलनको समग्र स्थितिलाई हेर्दा राजस्व संकलन सन्तोषजनक भएको प्रमुख सापकोटाको भनाइ छ ।
ताजा अपडेट
- अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु-याउने प्रस्तावमा सहमति जुटेन
- भारतले यो वर्ष अहिलेसम्मकै धेरै परिमाणमा गहुँ र चामल उत्पादन गर्ने
- बंगलादेशलाई अतिकम विकसित देशबाट माथि लैजान राष्ट्रसंघीय समितिको सिफारिस
- भारतको ओमेगा सेइकीले बंगलादेशमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने
- ट्रेडमार्क संरक्षण गर्ने म्याड्रिड सिस्टममा जोडियो पाकिस्तान
- खानेपानी व्यवस्थापन तथा संरक्षणको महत्व
- सीप हातमा रोजगारी साथमा
- बजार परिसुचक २४ सय ७४ अंकमा
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया