अदालतमा स्वामित्वको मुद्दा चलिरहेको जग्गा सुटुक्क बिक्री

काठमाडौं ।
टाट उल्टिएको गुण समूहका मालिक राजेन्द्र शाक्यले बाराका जग्गा व्यवसायी बलराम उप्रेतीसँग मिलेर अदालतमा स्वामित्वसम्बन्धी मुद्दा चलिरहेको जग्गा नै बिक्री गरिदिएको थाहा भएको छ । स्युचाटारमा रहेको जिसाको हाउजिङको नाममा रहेको जग्गाको स्वामित्वसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेकै अवस्थामा शाक्य उप्रेतीले नेपाल जनरल मार्केटिङ प्रालि र होटल मखमली प्रालिको नाममा बिक्री गरेका छन् । ती दुवै कम्पनी स्याकार कम्पनीका मालिक डा. रुप ज्योतिसँग सम्बन्धित छ । ती दुईमध्ये जनरल मार्केटिङका अध्यक्ष अभिक ज्योति छन् । उनी डा. रुप ज्योतिका छोरा हुन् । होटल मखमली पनि सोही समूहले दर्ता गरेको हो ।
जिसाको हाउजिङको नाउँमा रहेको ५४ रोपनी ११ आना २ पैसा जग्गामध्ये झण्डै ४२ रोपनी जग्गा अहिले डा. रुप ज्योतिको नेतृत्वमा रहेको स्याकार कम्पनीको सञ्चालकको हातमा पुगेको छ । तर जिसाको हाउजिङको मालिक जितेन्द्र बहादुर श्रेष्ठले चाहिँ उक्त जग्गाबापत एक रुपैयाँ पनि पाएका छैनन् । एमओयूमा हस्ताक्षर गरेर बलराम उप्रेतीसँग करारनामामा हस्ताक्षर गरेपछि उप्रेतीले जितेन्द्र बहादुर श्रेष्ठलाई कुनै जानकारी पनि नदिई टाट पल्टिएको गुण समूहको सञ्चालक राजेन्द्र शाक्यसँग मिलेर उक्त जग्गा डा. रुप ज्योतिको छोराको नाउँमा रहेको कम्पनीलाई सुटुक्क बिक्री गरेर खाइदिएका छन् ।
करारनामा अनुसार ५० प्रतिशतको हिस्सेदार जितेन्द्र बहादुर श्रेष्ठले आफ्नो भाग २०७५ साल वैशाख २५ गते करारनामा पालना गराई आफ्नो भागको स्वामित्व दिलाइपाऊँ भनी जितेन्द्र शाक्य, बलराम उप्रेतीलगायतलाई विपक्षी बनाई मुुद्दा दायर गरेका थिए । उनले मुुद्दा हालेको झण्डै डेढ वर्षपछि अर्थात् २०७६ असोज ५ गते जिसाको हाउजिङको नाउँमा रहेको जग्गा अभिक ज्योति अध्यक्ष रहेको नेपाल जनरल मार्केटिङ प्रालि र होटल मखमली प्रालिको नाउँमा नामसारी गरिदिएको थाहा भएको छ । जितेन्द्र श्रेष्ठ र बलराम उप्रेतीबीच २०७३ जेठ ३२ गते जिसाको हाउजिङमा आधा आधा स्वामित्व रहने गरी उप्रेतीले लगानी गर्ने करारनामा भएको थियो ।
उक्त करारनामा गरेको मसी सुक्न नपाउँदै उप्रेतीले राजेन्द्र शाक्यलाई आमन्त्रित सदस्यको रुपमा भित्र्याएर करारनामाविपरीत कम्पनीको नामको जग्गा आफूखुसी बिक्री गरेर दुई जना मिलीजुुली खाइदिएका थिए । करारनामा परिपालनासम्बन्धी उक्त मुद्दा २०७६ मंसिर ३० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको इजलासबाट निवेदकको मागदाबी रहने फैसला भएको छ ।
ताजा अपडेट
- अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु-याउने प्रस्तावमा सहमति जुटेन
- भारतले यो वर्ष अहिलेसम्मकै धेरै परिमाणमा गहुँ र चामल उत्पादन गर्ने
- बंगलादेशलाई अतिकम विकसित देशबाट माथि लैजान राष्ट्रसंघीय समितिको सिफारिस
- भारतको ओमेगा सेइकीले बंगलादेशमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने
- ट्रेडमार्क संरक्षण गर्ने म्याड्रिड सिस्टममा जोडियो पाकिस्तान
- खानेपानी व्यवस्थापन तथा संरक्षणको महत्व
- सीप हातमा रोजगारी साथमा
- बजार परिसुचक २४ सय ७४ अंकमा
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया