बालाजु औद्योगिक क्षेत्र व्यवस्थापनमा अध्यक्ष बस्नेत र महाप्रबन्धक सिटौलाको दादागिरी
काठमाडौं, पुस २१
बालाजुको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमन अध्यक्ष नन्दकिशोर बस्नेत र महाप्रबन्धक सुवास सिटौलाको कारण अस्तव्यस्त बनेको छ । दुवैले आफू शक्तिशाली भएको दाबी गर्दै शक्ति देखाउँदा आइतबार सो क्षेत्र तनावग्रस्त बनेको थियो । अध्यक्षले प्रहरीसमेत लिएर गएर महाप्रबन्धकको कार्यकक्षमा तालाबन्दी गरेका थिए भने महाप्रबन्धक सिटौलाले मन्त्रीको फोर्स लगाएर ताला खोल्न दबाब दिएका थिए । आफ्नो हैसियत बिर्सिएर अध्यक्ष बस्नेतले तालाबन्दी गरेका थिए भने महाप्रबन्धक सिटौलाले पनि आफ्नो हैसियतभन्दा माथि गएर विवाद उत्पन्न गराउने काम गरेका छन् ।
‘संस्था चलाउने हैसियत नभएकाहरु अध्यक्ष र महाप्रबन्धक बनेपछि विवाद बढेको हो’, लिमिटेडका एक कर्मचारीले भने, ‘दुवैको स्वार्थ र दादागिरी भ्रष्टाचार गर्न आफूले मात्र पाउनुपर्छ भन्ने हो । यो केही होइन, केवल लुट्नका लागि गरिएको प्रयास मात्र हो । दुवैलाई सरकारले कानुनी प्रक्रिया पूरा गरेर जिम्मेवारीबाट मुक्त गरेपछि सबै समस्याको समाधान निस्किन्छ ।’
दुई जना भ्रष्टको झगडामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पनि तानिएका छन् । मन्त्री भट्टले यो विवाद मिलाउन निर्देशन दिए पनि दुवैले आ–आफ्नो हठ त्यागेका छैनन् । सर्वोच्च अदालतको आदेशका आधारमा अर्थ मन्त्रालयको सिफारिसमा महाप्रबन्धक नियुक्त भएका सिटौलालाई बस्नेतले अधिकारको दुरुपयोग गर्दै बर्खास्तीको पत्र थमाएका थिए । सर्वोच्च अदालतले २०७४ असार २५ गते सिटौलालाई चार वर्षे कार्यकालको लागि नियुक्त गर्न परमादेश दिएको थियो । सर्वाेच्चको आदेशअनुसार मन्त्रिपरिषद्को २०७५ माघ २५ को बैठकले सिटौलालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सिटौलाले महाप्रबन्धकको हैसियतमा काम गर्न थालेपछि २०७६ असोज २७ गते अध्यक्ष बस्नेतले अवकाशको पत्र दिएका थिए । सिटौलाले महाप्रबन्धक सम्हाल्नुअघि बस्नेतले नै सम्हाल्दै आएका थिए । अध्यक्ष र महाप्रबन्धक दुवै रहँदा करोडौंको अनियमितता गरेको आरोप बस्नेतमाथि छ । बस्नेतले नियमावली संशोधन गरी आफू सञ्चालक रहेको पेट्रोल पम्पलाई सेवामूलक उद्योगको भाडादर संशोधन गरी उत्पादनमूलक न्यून भाडादर कायम गरेका थिए । उनले महाप्रबन्धक पदको दुरुपयोग गरी औद्योगिक क्षेत्रका विभिन्न ग्रिन बेल्टहरुमा स्वार्थ बाझिने गरी प्रेट्रोल पम्प प्रवर्द्धन गर्न लागिपरेका छन् । धरान, हेटौंडा र बालाजु औद्योगिक क्षेत्रमा त पेट्रोल पम्प स्थापना नै गरिसकेका छन् ।
बस्नेत अध्यक्ष बनेपछि औद्योगिक क्षेत्रका जग्गा सुपरमार्केटदेखि गाडीका शोरुमले ओगटेर बसेका छन् । प्रतिरोपनी लाखौं रुपैयाँ घुस लिएर बालाजुदेखि पाटन र हेटौँडा औद्योगिक क्षेत्रका जग्गा लिजमा दिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि छानबिन गरिरहेको स्रोतले जानकारी दिएको छ । पेट्रोल पम्पको लाइसेन्स नै नभएको सत्यनारायण प्रालिलाई बालाजुको तीन रोपनी जग्गा बस्नेतले नै पम्प सञ्चालनका लागि उपलब्ध गराएका थिए । सत्यनारायणमा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेतका छोरा कमल बस्नेतको समेत लगानी रहेको बताइएको छ ।
कर्मचारी सरुवा, बढुवा तथा निर्देशन दिनेलगायत कार्यकारी अधिकार औद्योगिक क्षेत्रका महाप्रबन्धक सिटौलामा छ । तर बस्नेतले भने कर्मचारीलाई लिखित निर्देशन दिएर सिटौलाले गरेको सरुवा तथा बढुवालाई बदर गर्ने र सरुवाहरु ‘यथावत्’ स्थानमा राख्न भनेका छन् । सिटौलाले पनि सरुवामा बदमासी गरेका छन् । उनले स्वार्थको आधारमा कर्मचारीको सरुवा गरेका छन् । नीति र परम्परा नै नाघेर सरुवा गरेका छन् । सोही कारण अध्यक्ष र बस्नेत दुवै भ्रष्ट रहेको कर्मचारीहरु नै बताउँछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
- वीर अस्पातलको निर्देशकमा डा. श्रवण कुमार थापा
- नागरिक उड्डयन प्राधिकरणद्वारा ५ सदस्यीय कमिटी गठन
- अपाङ्गता भएका व्यक्तिले सम्मानीत जीवन बाँच्न पाउनु पर्छ : मन्त्री ज्वाला
धेरैले पढेको
- पत्रपत्रिका बन्द गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन !
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया