मेनपावरको ठगी रोकिएन, मंसिरमा मात्र पाँच करोड ठगी
काठमाडौं, पुस २१
सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला÷पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ । वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात् मेनपावर र व्यक्तिहरुले ठगी गरेको भन्दै प्रशस्त उजुरी आउने गरेको छ ।
चालू आर्थिक वर्ष (२०७६/०७७) को पहिलो पाँच महिनामा मात्र संस्थागत अर्थात् मेनपावरले १९ करोड २९ लाख २४ हजार सात सय रुपैयाँ ठगी गरेको दाबी गर्दै युवाहरुले वैदेशिक रोजगार विभागमा छ सय ४१ वटा उजुरी दर्ता गराएका छन् । विभागले व्यक्तिगत ठगी नियन्त्रणको लागि अनुमति प्राप्त मेनपावरहरुले एजेन्ट राख्न नपाउने निर्णय गरी कार्यान्वयन गरी सक्दा समेत व्यक्तिगत ठगी नियन्त्रण हुन सकेको छैन । यता संस्थागत उजुरी समेत विभागमा आउने क्रमले निरन्तरता पाएसँगै यसलाई व्यवस्थित गर्न विभागले बैंकिङ प्रणाली लागू गरेको छ ।
विभागका महानिर्देशक भीष्म कुमार भुसालका अनुसार संस्थागत अर्थात् मेनपावरले विदेश पठाउने नाममा युवाहरुलाई देशमा वा विदेशमा ठगी गरेमा ठगी गरेको रकम बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्नेछ । वैदेशिक रोजगारीको नाममा मेनपावरमार्फत युवाहरु ठगीमा परेमा बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने उनले बताए । यसो गर्दा पीडित महिला/पुरुषले ठगी भएको रकम प्राप्त गर्न सक्नेछन् ।
विभागले वैदेशिक रोजगारीको नाममा पीडित वा निजका हकवालाको बैंक खातामा रकम जम्मा भएसँगै कारबाही अघि बढाउने जनाएको छ ।
उनले वैदेशिक रोजगारीको नाममा मेनपावरद्वारा ठगीमा परेका पीडितहरु वा निजको एकाघरको हकवालाको बैंक खातामा नगद जम्मा गरेको भौचर संलग्न गरेपछि मात्र विभागमा प्राप्त उजुरीको फछ्र्यौट गरिने बताए ।
‘ठगी गर्ने संस्थाले नगद जम्मा गरेको भौचर विभागसमक्ष प्रस्तुत गरेसँगै कारबाही अघि बढाउनेछौं’, उनले भने, ‘बैंकिङ प्रणाली नहुँदा संस्थाहरुले विभागमा आएर रकम दिने प्रतिबद्धता गरे पनि पीडितलाई रकम नदिन सक्ने सम्भावना प्रबल रहेको हुँदा बैंकिङ प्रणालीमार्फत भुक्तानी दिने नीति लिएका हौं ।’ बैंकिङ प्रणालीमार्फत नगद जम्मा गर्नुपर्ने व्यवस्थासँगै पीडितहरुले ठगिएको रकम पाउने सम्भावना सुनिश्चित हुन्छ ।
विभागले केही समयअघि बैंकिङ प्रणालीमार्फत पीडितलाई भुक्तानी दिने निर्णय गरेको हो । योसँगै बैंकिङ प्रणालीमार्फत भुक्तानी गरेपछि मात्र उजुरी फछ्र्यौट हुनेछ । नगद कारोबार गर्दा पीडितहरुलाई डर, धम्की त्रास देखाई विभागका अधिकारीसमक्ष बयान दिन लगाउने हुँदा सो कार्य रोक्नको लागि बैंकिङ प्रणाली ल्याउनुपरेको जनाएको छ ।
विभागले यसअघि नगद नै दिई उजुरी फछ्र्योट गर्ने गरेकोमा हाल आएर बैंकिङ प्रणालीमार्फत पीडितको रकम भुक्तानी गर्न लागेको हो । वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा ठगिएका वा विदेश पठाउने भनी स्वदेशमै ठगिएमा पीडितहरुले विभागमा गएर निवदेन दिने गरेको पाइन्छ ।
मेनपावरद्वारा १९ करोड ठगी, मंसिरमा मात्र पाँच करोड :- चालू आवको पहिलो पाँच महिनामा मात्र संस्थागत अर्थात् मेनपावरले १९ करोड २९ लाख २४ हजार सात सय रुपैयाँ ठगी गरेको दाबी गर्दै युवाहरुले वैदेशिक रोजगार विभागमा छ सय ४१ वटा उजुरी दर्ता गराएका छन् । उजुरी आएसँगै विभागले सोही समयमा तीन करोड ६९ लाख ६३ हजार पाँच सय रुपैयाँ बिगो भराएको छ भने दुई सय ८४ वटा उजुरी फरफारक गरेको जनाएको छ ।
चालू आवको मंसिर महिनामा मात्र संस्थागत उजुरी अर्थात् मेनपावरले ठगी गरेको भन्दै युवाहरुले विभागसमक्ष एक सय ३९ वटा उजुरी दिनुको साथै पाँच करोड ५२ लाख ३८ हजार नौ सय रुपैयाँ दाबी समेत गरेका छन् । उजुरी आएसँगै विभागले बिगो फरफारक गराएको रकम भने २६ लाख ८० हजार पाँच सय रुपैयाँ रहेको छ भने जाहेरी फरफारकको संख्या भने ५१ वटा रहेको छ । यता पुरानो उजुरी भने यस महिनासम्ममा ४१ वटा रहेको छ ।
विभागले मंसिर महिनामा मात्र इजाजत प्राप्त ३१ वटा संस्थाको नियमित तथा आकस्मिक अनुगमन गरेको जनाएको छ । सोही महिनामा विदेश जाने भन्दै युवाहरुलाई व्यक्तिले ठगी गरेको भन्दै उनीहरुले ३४ वटा उजुरी दिएका छन् भने एक करोड ८७ लाख दुई हजार आठ सय रुपैयाँ मागदाबी गरेका छन् । यस्तै युवाहरुले मंसिर महिनामा २४ वटा ठगी गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । उक्त मुद्दामा दुई करोड तीन लाख १२ हजार पाँच सय रुपैया बिगो दाबी गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एनसेल सेयर बिक्री प्रकरणको छिटो छानबिन गर
- एनआईसी बैंकद्वारा कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम
- प्रधानमन्त्री र प्राधिकरणको बेइमानीमा फेरि कालोसूचीमै !
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया