स्याङ्जा, पुस २१
स्याङ्जामा जनता आवास कार्यक्रम सुरु भएको छ । जिल्लाका पाँचवटा पालिकामा जनता आवास कार्यक्रमअन्तर्गत खरका छाना विस्तापित गर्ने कार्यक्रम सुरु भएको हो । जिल्लाको क्षेत्र नम्बर २ अन्तर्गत पर्ने वालिङ नगरपालिका, गल्याङ नगरपालिका, भिरकोट नगरपालिका, चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा जनता आवास कार्यक्रम सुरु भएको हो ।
पाँच वटा पालिकामा गरी स्याङ्जाका २ सय ५० घर परिवारलाई पहिलो चरणमा खरको छानो मुक्त गर्ने सरकारको तयारी छ । ५०/५० जनालाई ५०/५० हजार रुपैयाँ जनता आवास कार्यक्रमबाट हस्तान्तरण गरिनेछ । पहिलो किस्ताबापतको ३० हजारको काम भएपछि बाँकी २० हजार दोस्रो तथा अन्तिम किस्तामा हस्तान्तरण गर्ने कार्यविधि रहेको छ ।
वालिङबजार र गल्याङबजारमा शनिबार गरिएको छुट्टाछुट्टै समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले कार्यक्रमको शुभारम्भ गरेकी हुन् । कार्यक्रमको सुभारम्भ गर्दै मन्त्री अर्यालले गरिबीको अन्त्यका लागि सरकार लागि परेको बताइन् । उनले गरिवी रहँदासम्म विभेदको खाडल रहने भन्दै गरिबी निवारण अहिलेको मुख्य कार्यभार भएको बताइन् । खरको छानाका कारण पटक–पटक आगलागी र अन्य समस्या हुने गरेको भन्दै उनले सबै घरलाई खरको छानामुक्त बनाउने अभियानअन्तर्गत जनता आवास कार्यक्रम सञ्चालन गरिएको बताइन् ।
मन्त्री अर्यालले अघिल्लो आर्थिक वर्षदेखि यो कार्यक्रम लागू भएको स्मरण गर्दै रकमको सदुपयोग गर्न लाभग्राहीहरुलाई आग्रह समेत गरिन् । स्याङ्जाको क्षेत्र नम्बर २ का निर्वाचित सांसद समेत रहेकी अर्यालले अहिले यसै क्षेत्रमा मात्रै यो कार्यक्रम लागू भएको जानकारी दिइन् । यसपछि देशव्यापी रुपमा यो कार्यक्रम सञ्चालन हुने उनले स्पष्ट पारिन् ।
आफ्नो कार्यकाल भरीमा सबै खरको छानो मुक्त गर्ने कुरामा आफू प्रतिबद्व रहेको मन्त्री अर्यालले बताइन् । जनताको आधारभूत आवश्यकता पूरा गर्न पहिलो प्राथमिकता हुनुपर्ने भन्दै मन्त्री अर्यालले विकासका अन्य क्षेत्रमा पनि सरकार लागिपरेको बताइन् । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले उद्यमशीलता र कृषिका अन्य कार्यक्रममा पनि जोड दिनुपर्ने बताए । उनले विकास निर्माणका काममा स्थानीय सरकार पनि लागि परेको भन्दै संघीय सरकारले पनि स्थानीय जनताको समस्या र आवश्यकतामा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा पुर्वसांसद मुक्तिप्रसाद पाठकले आफ्नै घरमा बस्ने वातावरण बनाउन जनता आवास कार्यक्रम आएको बताए ।
सरकारको नीतिअनुसार आएको यस कार्यक्रमले गरिबी निवारणमा ठूलो सहयोग मिल्ने बताए । कालीगण्डकी गाउँपालिका प्रमुख खिमबहादुर थापाले कोही नेपाली भोको बस्नु नपरोस भन्ने अभिप्रायले स्थानीय सरकार लागि परेको बताए । कालीगण्डकी गाउँपालिकामा छ सय घरधूरी खरको छानो रहेको जानकारी दिदै उनले ७० वटा घरधूरीलाई स्थानीय सरकारले नै खरको छानो हटाउन सफल भएको बताए । गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले यो कार्यक्रम बाट छुटेकाहरुलाई पनि पछि समावेश हुँदै जाने बताए । कार्यक्रममा गल्याङ नगरपालिकाका ४९ जना र कालीगण्डकी गाउँपालिकाका ४० जनालाई पहिलो किस्ताको ३० हजार रुपैयाँ वितरण गरिएको छ ।
गल्याङ नगरपालिकाका एक जना र कालीगण्डकी गाउँपालिकाका १० जनाको कागजपत्रमा समस्या भएका कारण केही दिनमा चेक हस्तान्तरण गरिने कार्यक्रम रहेको बताइएको छ । नेपाल सरकार सहरी विकास मन्त्रालयको आवास व्यवस्थापन कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना इकाइ कास्कीले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमको शनिबार सुरु गरिएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया