Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछ महिनामा विद्युत् महसुलबाट एक करोड ६४ लाखभन्दा बढी राजस्व संकलन

छ महिनामा विद्युत् महसुलबाट एक करोड ६४ लाखभन्दा बढी राजस्व संकलन


धनगढी ।
नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले चालू आर्थिक वर्षको छ महिनामा विद्युत् महसुलबाट एक करोड ६४ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । वितरण केन्द्रले छ महिनामा एक करोड ६४ लाख ७८ हजार चार सय ९३ पैसा राजस्व संकलन गरेको जानकारी दिएको छ । १६ लाख ९२ हजार छ सय २० युनिट विद्युत् बिक्रीबाट उक्त राजस्व संकलन गरिएको हो ।

दार्चुलामा वर्षेनी नयाँ ग्राहक थपिने क्रम बढ्दै गइरहेको प्राधिकरण दार्चुलाले जनाएको छ । हालसम्म यहाँ नौ हजार आठ सय ५५ जना ग्राहक रहेका छन् । अझै जिल्लाका ६० प्रतिशतभन्दा बढीको घरधुरीमा विद्युत् पुगेको छैन । दार्चुलाको अपिहिमाल र नौगाड गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइन अझै पुग्न नसकेको हो ।

प्राधिकरण दार्चुलाले चालू आर्थिक वर्षको साउन महिनामा ४१ लाख ७२ हजार नौ सय ३० रूपैयाँ ५९ पैसा, भदौमा २० लाख आठ हजार तीन सय ६३ रूपैयाँ ८७ पैसा, असोजमा २० लाख ४७ हजार दुई सय ९४ रूपैयाँ २६ पैसा, कात्तिकमा २२ लाख ४० हजार चार सय २० रूपैयाँ ३८ पैसा, मंसिरमा ३५ लाख १६ हजार नौ सय ५६ रूपैयाँ ३८ पैसा तथा पुस महिनामा २४ लाख ९२ हजार चार सय ३४ रूपैयाँ ९६ पैसा राजस्व संकलन गरेको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका सूचना अधिकारी शंकरबहादुर स्वाँरले जानकारी दिए ।

विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षमा जिल्लाका नौवटै स्थानीय तहमा विद्युतीकरण गरिसक्ने जनाएको छ । दार्चुलाका करिब १५ भन्दा बढी घरधुरी विद्युत् सेवाबाट वञ्चित छन् । नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका अनुसार २४ हजार छ सय १८ घरधुरीमध्ये हालसम्म नौ हजार तीन सय २० घरधुरीमा मात्रै विद्युत् सेवा पुगेको छ ।

जिल्लामा समयमै विद्युत् नहुँदा स्थानीय सोलार र टुकीको भरमा बस्न बाध्य भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा समयमै विद्युतीकरण नहुँदा साँझबिहान घरायसी काम गर्न र विद्यार्थीहरूलाई पढ्न समस्या हुनेगरेको छ । विद्युत् नहुँदा ग्रामीण क्षेत्रमा साना उद्योग पनि सञ्चालन हुन सकेका छैनन् । विद्यार्थीदेखि गृहणी सबैलाई विद्युत् सेवा नहुँदा सास्ती हुनेगरेको छ । नेपाल विद्युत् प्राधिकरण दार्चुलाले गत आर्थिक वर्षमा एक हजार घरधुरीमा विद्युत् विस्तार गरेको नेपाल विद्युत् प्राधिकरण दार्चुला विरतण केन्द्रले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया