Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकिर्ते नागरिकता बनाई मनि ट्रान्सफरबाट पैसा निकाल्ने दुुई व्यक्ति पक्राउ

किर्ते नागरिकता बनाई मनि ट्रान्सफरबाट पैसा निकाल्ने दुुई व्यक्ति पक्राउ


बारा, पुस २२
किर्ते नागरिकता बनाई मनी ट्रान्सफरबाट पैसा निकाल्ने दुुई व्यक्तिहरु पक्राउ परेका छन् । कलैया उपमहानगरपालिकास्थित कलैया बजारबाट किर्ते नागरिकता बनाई विभिन्न व्यक्तिको नाममा मनि ट्रान्सफरबाट पैसा निकाल्दै गरेको अवस्थामा दुुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुुसार पक्राउ पर्नेहरुमा रौतहट गरुडा नगरपालिका ४ बस्ने २६ वर्षीय सुरेन्द्र साह र गढीमाई नगरपालिका गमरिया टोल बस्ने श्याम चौधरी रहेका छन् ।

उनीहरुले सिम्रौनगढ नगरपालिका कचोर्वा घर भई हाल मलेसिया बस्ने कृष्ण साहसँग मिली किर्ते नागरिकता बनाई शिवम् मनि ट्रान्सफरबाट ९५ हजार रुपैयाँ निकाल्दै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै उनीहरुले प्रसौनी गाउँपालिका ६ प्रस्टोका बस्ने एक व्यक्तिको नाममा न्यू एशियन मनि ट्रान्सफरबाट एक लाख रुपैयाँ र खजान टोल बस्ने एक व्यक्तिको नाममा आरके इण्टरप्राइजेजबाट ६० हजार रुपैयाँ निकालेको अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया