Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधितोपत्र बोर्डको अध्यक्षमा ढुंगाना

धितोपत्र बोर्डको अध्यक्षमा ढुंगाना


काठमाडौं, पुस २२
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा भीष्मराज ढुंगाना नियुुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ढुंगानालाई आगामी चार वर्षीय कार्यकालको लागि अध्यक्ष पदमा नियुुक्त गरेको हो । अर्थशास्त्रमा एमए र बेलायतबाट बिजनेस फाइनान्समा एमबीए गरेका ढुुंगाना नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका व्यक्ति हुुन् । अध्यक्ष पदमा नियुुक्त हुुनुुअघि ढुंगाना बोर्डकै विज्ञ सदस्य थिए । नेपाल राष्ट्र बैंकमा रहँदा ढुंगानाले विदेशी विनिमय विभागलगायतका महत्वपूर्ण विभागहरुको जिम्मेवारी सम्हालेका थिए ।

यसअघि बोर्डको अध्यक्ष पदमा डा. रेवत बहादुर कार्की रहेका थिए । कार्कीको कार्यकाल सकिएलगत्तै बोर्डको अध्यक्ष पदको लागि छनौट समिति गठन गरिएको थियो । उक्त समितिले अध्यक्ष पदको लागि ढुंगानासहित, निरज गिरी र डा. केशव श्रेष्ठको नाम सिफारिस गरेर पठाएको थियो । उक्त नामावलीबाट मन्त्रिपरिषद्ले ढुंगानालाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया