काठमाडौं, पुस २२
पूर्वसचिव डा. द्वारिकानाथ ढुङ्गेल कालापानी लिपुलेकको सीमा विवादसम्बन्धी आफ्नो रिपोर्ट सरकारले लुकाएको बताएका छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा आफ्नो टिप्पणी प्रस्तुत गर्ने क्रममा उक्त कुरा बताएका हुन् ।
विक्रम सम्वत् २०३८ सालमा आफू प्रमुख जिल्ला अधिकारी हुँदा हाल विवादित क्षेत्र कालापानी लिपुलेक र लिम्पियाधुराको विवादसम्बन्धी रिपोर्ट पठाएको भन्दै उनले तत्कालीन सरकारको रोग पाल्ने प्रवृत्तिका कारण क्यान्सरको रूप लिएर हालको समस्या भएको उनले बताए । पूर्वसचिव डा. ढुङ्गेलले भने, ‘त्यतिवेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अध्यक्ष थिए स्व. सुर्यबहादुर थापा, मुख्य सचिवमा भोगेन्द्रनाथ रिमाल र परराष्ट्र सचिव जगदीशसमशेर जवरा थिए ।
त्यतिबेला भारतीयहरूको अहिलेको जस्तो त्यति चहलपहल थिएन । मैले त्यति मिहेनेत गरेर पठाएको रिपोर्ट तात्कालीन सरकारमा रहेकाहरूले अध्ययन मनन गरेनन् । अहिले ‘रात रह्यो अग्राग पलायो’ भन्ने उखान चरितार्थ भयो ।’ कार्यक्रममा खोलाको सिद्धान्त (रिभर अडर)को वहावलाई पानीको वहावलाई स्टिम अडर (खोलाको सबैभन्दा माथिको खोल्सा जहाँबाट नदिमा पानि मिसिन्छ)लाई हेर्दा कालीखोलावाट आउने पाँचौ अडर्रमा रहेको छ भने लिम्पियाधुराबाट आउने लिपु खोलाको वहावको स्थान चार मात्र रहेको वरिष्ठ जलस्रोत विज्ञ डा. जगत भुषालले बताए ।
पानी वहावको वार्षिक औसतका आधारमा सात युनिट प्रतिसेकेन्ड लिपु खोलाबाट आउँछ भने काली खोलाको पानिको वहाव लिपुलेकको भन्दा तीन गुणा अर्थात् एक्काइस युनिट प्रतिसेकेण्ड पानिको वहाव रहेको भूगर्भविद्हरू बताउँछन् । ‘नदिको लम्बाइको आधारमा पनि काली खोलाको लम्बाई लिपुखोलाको भन्दा अधिक भएकोले नेपाल–भारत सीमा काली खोला नै हो’, भन्छन् प्राडा हृदयलाल कोइराला ।
कार्यक्रममा नेपालमा सीमा अतिक्रमण पुरानै समस्या भएको र सबैले छिमेकी रिसाउला भनेर मुख खोल्न चाहेका थिएनन् । अव सबैको स्वर एक भएकोले तुरुन्त आपसी समन्वयमा सीमा विवाद टुङ्ग्याउनु पर्नेमा जोड दिइएको थियो । नेपालको २६ जिल्लाहरू भारतसँग जोडिएको छ । जसमध्ये २३ जिल्लाका ७१ स्थानमा नेपालको छ सय छ दशमलव तीन वर्ग किलोमिटर जमिन सीमा मिचिएको पाइएको छ । भारतले अतिक्रमण गरेको नेपालको सबैभन्दा धेरै जमिन कालापनी—लिम्पियाधुरा—तीन सय बहत्तर वर्गकिमि (३७ हजार हेक्टर) रहेको छ ।
सन् १९६२ ताका चीन भारत युद्ध हुँदा नेपालसँग अनुमति लिएर भारतीय सेना विगतमा बसेको थियो अहिले स्थायी बङ्कर बनाएर बसेको छ । जुन भूमि हाल भारतले आफ्नो भएको दाबी गर्दै नयाँ रजनीतिक नक्शामा समेत समेटिसकेको छ । नेपाल, चीन र भारतको सीमानामा रहेको कालापानी कुटी, याङ्दी (काली) र लिपु खोलाले त्रिकोणाकारमा रहेको रहेको छ । नेपालले काली अर्थात् कुटी याङ्दीको मुहानलाई महाकाली नदीको मुहान भन्दै आएको छ भने भारतले लिपु खोलाको मुहानलाई महाकाली नदीको मुहान भन्दै कालापानीमा अतिक्रमण गरेर कब्जा जमाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया