Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआफैँले गरेको बन्दमा गाडी चढेर निस्केपछि प्रचण्ड–नेपालको आलोचना

आफैँले गरेको बन्दमा गाडी चढेर निस्केपछि प्रचण्ड–नेपालको आलोचना


काठमाडौं ।
नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले बिहीबार एक्कासि बन्द आयोजना गरे । बुधबारमात्र उक्त दलले बन्द आयोजना गरेको घोषणा गरेको थियो । कोरोनाले करिब एक वर्ष थला परेको अर्थतन्त्रलाई बन्दले थप असर पार्ने भन्दै विभिन्न व्यावसायिक संघ÷संगठनले बन्दको कार्यक्रम आयोजना नगर्न आग्रह गरेका थिए ।

नेकपाले भने प्रधानमन्त्री केपी ओलीका पछिल्ला कदम र विभिन्न संवैधानिक अंगमा गरिएका नियुक्तिविरुद्ध जनतालाई जानकारी दिने भन्दै बन्द आयोजना गरेको दाबी गरेको छ । कोरोनाको कारण लकडाउनले लामो समय बन्द हुँदा कसैले केही नभन्ने तर राजनीतिक मागमा बन्द हुँदा विरोध हुने भन्दै प्रचण्ड–नेपाल समूहबाट प्रतिक्रिया आउने गरेको छ । लकडाउनमा कसैले पनि तोडफोड गर्ने गरेका थिएनन् तर बन्दको बेला कसैले अत्यावश्यक काम परेर बाहिर निस्किन प¥यो भने पनि सवारीसाधनमा तोडफोड र आगजनी हुने कारण थप क्षति हुने गरेको छ । त्यही भएर राजनीतिक बन्दको चर्को आलोचना हुने गरेको छ ।

तर, बिहीबार गरेको बन्दको भने भिन्न तरिकाले विरोध भएको छ । सबैभन्दा चर्को विरोध प्रचण्डको भएको छ । प्रचण्ड बन्दका कार्यक्रममा सहभागी हुन गाडी चढेर आएको थिए । त्यो पनि आफ्नै निवासको चोक अर्थात् सातदोबाटो चोकमा । उनी सोही क्षेत्रमा बसोबास गर्छन् ।

प्रचण्ड–नेपाल पक्षका नेता तथा कार्यकर्ताले बन्द भनेर सर्वसाधारणको गाडी चल्न नदिएको बेला उनीहरूले गाडी चढेको भनेर उनीहरूको विरोधीले मात्र होइन कार्यकर्ताले पनि चर्को आलोचना गरे । साथै प्रचण्ड सहभागी भएको कार्यक्रममा कार्यकर्ताले लगाएको नारामा प्रचण्डले असहमति जनाएको विषयलाई पनि समाजिक सञ्जालमा उनकै पक्षधरले विरोध गरेका छन् ।

कार्यकर्ताले अमेरिकी सहयोग कार्यक्रम एमसीसीविरुद्ध नारा लगाएपछि प्रचण्डले रोकेका थिए । त्यसले प्रचण्ड पनि एमसीसीकै पक्षमा भएको सार्वजनिक भएको छ । यद्यपि उनी एमसीसीको भित्री रुपमा विरोधी थिएनन् । तर, बाहिर कार्यकर्ताको अगाडि भने विरोध गरेजस्तो गर्थे । कार्यकर्ताले प्रचण्डको परीक्षण गर्न एमसीसीविरुद्ध नारा लगाउँद्रा प्रचण्डले हप्काएपछि कार्यकर्तामा निराशा उत्पन्न भएको छ ।

प्रचण्ड मात्र होइन माधव नेपाल पनि कार्यक्रममा सहभागी हुन सवारीसाधन नै चढेर निस्केको तस्बिरहरू सार्वजनिक भएपछि नेताहरूको व्यवहारको चर्को आलोचना भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा आयोजित कार्यक्रममार्फत उनीहरूको व्यवहारको चर्को आलोचना गर्दै जनताको दुःख र कष्ट हेर्न बन्द आयोजना गरेर गाडीमा सवार भएको बताएका थिए ।

अखिल नेपाल किसान सङ्गठनले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले भने, “एक जना गाडीमा र अर्को एक जना मोटरसाइकलमा हिँड्दै जनताले कति दुःख पाए भनेर रमिता हेर्दै हिँड्नुभयो ।” प्रधानमन्त्री ओलीले भने, ‘गरिबको तरकारी फ्याँकेर उहाँहरूले महान् आन्दोलन सफल पार्नुभयो । एउटी बूढी आमाले डोकामा ल्याएको टमाटर सडकभरि फ्याँकेर क्रान्तिकारिता देखाउनुभयोे ।”


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया