Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफाइनान्सहरूको नाफा घट्यो

फाइनान्सहरूको नाफा घट्यो

गोर्खाजको नाफा उच्च, तीन फाइनान्सको नाफा ऋणात्मक


काठमाडौं ।
विश्व महामारी कोभिड–१९ बाट उत्पन्न असहज आर्थिक अवस्थाको प्रभाव फाइनान्स कम्पनीहरूको खुद मुनाफामा पनि देखिएको छ । सञ्चालनमा रहेका २१ वटा फाइनान्सहरूमध्ये हालसम्म १७ वटाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा छवटा फाइनान्सको नाफा सामान्य बढ्दा आठवटाको नाफा घटेको छ भने तीनवटाको नाफा ऋणात्मक देखिएको छ । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका फाइनान्स कम्पनीहरूमध्येमा गोर्खाज फाइनान्सले सबैभन्दा बढी नाफा कमाउँदा आईसीएफसी, पोखरा, प्रोग्रेसिभ, समृद्धि र मल्टिपर्पस फाइनान्सले पनि खुद मुनाफा बढाउन सफल भएका छन् ।

यस अवधिमा मञ्जुुश्री फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी, युनाइटेड फाइनान्स, रिलायन्य फाइनान्स र सिर्जना फाइनान्सको खुुद मुनाफा भने कोभिड १९ कै कारण गत आवको सोही अवधिको तुुलनामा घटेका छन् । यीबाहेक बेष्ट फाइनान्स, नेपाल फाइनान्स र जानकी फाइनान्सको चालू आवको दोस्रो त्रैमासिक नाफा भने ऋणात्मक देखिएको छ ।

अपरिष्कृत वित्तीय विवरणअनुसार गोर्खाजले चालू आवको दोस्रो त्रैमासिकमा १७ करोड तीन लाख ५५ हजार नौ सय ४९ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही गोर्खाजको यस्तो नाफा छ करोड १२ लाख ३५ हजार चार सय ७८ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय रुपैयाँ रहेको उक्त फाइनान्सले चालू आवको पछिल्लो अवधिमा सात अर्ब ७२ करोड ४७ लाख ९५ हजार आठ सय दुई रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४६ करोड ७७ लाख ८८ हजार नौ सय ९९ रुपैयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

खुुद मुनाफा आर्जनमा दोस्रो स्थानमा परेको आईसीएफसीले भने चालू आवको पछिल्लो त्रैमासिकमा १२ करोड २५ लाख ७० हजार चार सय २४ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा आठ करोड १९ लाख ७० हजार सात सय ८२ रुपैयाँ रहेको थियो । चुक्ता पुँजी एक अर्ब दुई करोड ४२ लाख ६५ हजार आठ सय रुपैयाँ रहेको आईसीएफसीले चालू आवको दोस्रो त्रैमासिकमा १४ अर्ब १४ करोड ७३ लाख ६१ हजार एक सय ८१ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ९४ करोड १० लाख ६० हजार दुई सय पाँच रुपैयाँ कर्जा प्रवाह गर्दा शून्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । मञ्जुश्री फाइनान्स पनि चालू आवको दोस्रो त्रैमासिकमा ११ करोड ३४ लाख दुई हजार रुपैयाँ खुद मुनाफा कमाएर तेस्र्रो स्थानमा परेको छ ।

गत आवको सोही अवधिमा मञ्जुश्रीको यस्तो नाफा १४ करोड ३३ लाख ७४ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ९६ करोड ५३ लाख ९५ हजार रुपैयाँ रहेको मञ्जुुश्रीले चालू आवको पछिल्लो अवधिमा १० अर्ब ५९ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८३ करोड ४० लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव एक प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

पोखरा फाइनान्सले भने चालू आवको दोस्रो त्रैमासिकमा नौ करोड ६८ लाख ८६ हजार एक सय ७१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा पाँच करोड ६४ लाख ८२ हजार चार सय २२ रुपैयाँ रहेको थियो । सेन्ट्रल फाइनान्सले पनि चालू आवको दोस्रो त्रैमासिकमा चार करोड ३९ लाख ४२ हजार पाँच सय ४१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा सेन्ट्रलको यस्तो नाफा चार करोड ५१ लाख ९५ हजार एक सय ३७ रुपैयाँ रहेको थियो । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले भने पछिल्लो अवधिमा पाँच करोड ९१ लाख ५८ हजार आठ सय ६५ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा छ करोड ७९ लाख ९७ हजार तीन सय ६१ रुपैयाँ रहेको थियो ।

गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले पनि चालू आवको पछिल्लो अवधिमा तीन करोड ४७ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा तीन करोड ८२ लाख रुपैयाँ रहेको थियो । गुडविल फाइनान्सले भने पछिल्लो अवधिमा पाँच करोड ५४ लाख ९१ हजार तीन सय ६२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा गुुडविलको यस्तो नाफा छ करोड एक लाख १३ हजार छ सय ३१ रुपैयाँ रहेको थियो । सिर्जना फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा दुई करोड ३२ लाख ५५ हजार सात सय ९० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा तीन करोड १२ लाख ६५ हजार सात सय ७७ रुपैयाँ रहेको थियो । प्रोग्रेसिभ फाइनान्सले चालू आवको पछिल्लो अवधिमा दुई करोड ८२ लाख दुई हजार छ सय ७६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा दुई करोड नौ लाख ९७ हजार दुई सय ९२ रुपैयाँले ऋणात्मक रहेको थियो ।

युनाइटेड फाइनान्सले पनि चालू आवको पछिल्लो अवधिमा दुई करोड ४३ लाख १७ हजार दुई सय नौ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा युनाइटेडको यस्तो नाफा चार करोड ११ लाख ८७ हजार दुई सय ४५ रुपैयाँ रहेको थियो । समृद्धि फाइनान्सले भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ६७ लाख तीन हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा ८७ लाख ८६ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।

रिलायन्स फाइनान्सले भने चालू आवको पछिल्लो अवधिमा ७७ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा छ करोड २२ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । यसैगरी मल्टिपर्पस फिनान्सले पनि चालू आवको पछिल्लो अवधिमा २८ लाख ६४ हजार नौ सय ७६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १९ लाख ४७ हजार तीन सय ८१ रुपैयाँ रहेको थियो ।

बेष्ट फाइनान्सले भने चालू आवको पछिल्लो त्रैमासिकमा १० करोड तीन लाख ३८ हजार तीन सय ३८ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले चार करोड ७४ लाख ७९ हजार तीन सय रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यसैगरी नेपाल फाइनान्सले पनि चालू आवको पछिल्लो अवधिमा ३९ लाख पाँच हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले दुई करोड २७ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । जानकी फाइनान्सले पनि चालू आवको दोस्रो त्रैमासिकमा तीन करोड ३० लाख ४५ हजार आठ सय तीन रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले दुई करोड ४४ लाख ५८ हजार आठ सय ७७ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया