Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘स्रोत र साधनलाई सदुपयोग गर्न नसक्दा विकासमा पछाडि’

‘स्रोत र साधनलाई सदुपयोग गर्न नसक्दा विकासमा पछाडि’


काठमाडौं ।
नेपालमा उपलब्ध स्रोत र साधनलाई सदुपयोग गर्न नसक्दा विकासमा पछाडि परिएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । मुलुकभित्र अथाह प्राकृतिक स्रोत र साधनहरु हुँदाहुँदै पनि देश विकास र समृद्धिको यात्रामा सधै पछाडि परेको उनको भनाइ छ ।

प्रशस्त मात्रामा यहाँ भएका प्राकृतिक स्रोत र साधनहरुलाई सदुपयोग गर्न सकेमात्र चाहेजस्तो विकास र समृद्धि हुने उनले बताए । यसका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य पनि जरुरी उनको भनाइ छ । शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले निर्वाचनका समयमा उद्योगी तथा व्यवसायीहरुसँग आफूले गरेका वाचाहरु पूरा गर्न तत्पर रहेको बताए । निजी क्षेत्रलाई राज्य तथा यसका निकायहरुबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उनले निजी क्षेत्र व्यावसायिक मात्र हुन्, नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिँदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्ने बताए ।

यद्यपि तुलसीपुर नगरपालिकाले भने निजी क्षेत्रलाई सरकारको विकासको साझेदारको रुपमा हेरेको भन्दै सबै स्थानीय तहले सोहीअनुसार काम गर्नेमा आफू विश्वस्त रहेको बताए । निजी क्षेत्रलाई विकासको साझेदारको रुपमा हेर्ने हो भने नेपालमा नै धेरैभन्दा धेरै रोजगारी सृजना गर्ने, राजस्व संकलन गर्ने र पूर्वाधार विकासमा साझेदारको रुपमा काम गर्न सकिने उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया