Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशिक्षकलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयसँग आग्रह

शिक्षकलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयसँग आग्रह


काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम प्राथमिकताको आधारमा शिक्षकहरूलाई पनि खोप लगाउने व्यवस्थाका गर्नको लागि आग्रह गरेको हो । मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधपत्र समेत पठाएको छ ।

यसअघि शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सनलगायतक सरोकारवाला निकायले लाखौँ विद्यार्थीसँग जोडिने र फ्रन्ट लाइनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए । शिक्षक महासंघका अध्यक्ष बाबुरामा थापा, प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेका थिए ।

मन्त्रालयले स्वाथ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेपछि स्वाथ्य मन्त्रालयले थप प्रक्रिया अघि बढाउने विषयमा आफू विश्वस्त रहेको शिक्षामन्त्री श्रेष्ठको भनाइ छ । यसअघि शिक्षा तथा मानव स्रोत केन्द्रले कोभिड १९ को खोप लगाउने विषयमा तथ्याङक संकलन गरिसकेको छ । सरकारले दोस्रो चरणमा पत्रकार र विदेशी दूतावास, कूटनीतिक नियोगका अधिकारीलाई खोप लगाउन सुरु गरसकेको छ । यही माघ १४ गतेबाट सुरु भएको अभियानको दोस्रो चरण सोमबारबाट सुरु भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया