Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारताम्राकार समाजद्वारा छात्रवृत्ति वितरण

ताम्राकार समाजद्वारा छात्रवृत्ति वितरण


काठमाडौं ।
ताम्राकार समाजले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । कोभिड–१९ का कारण छात्रवृत्ति वितरण गर्न यसपटक केही ढिलाइ भएको ताम्राकार समाजले जनाएको छ । कोरोना भाइरस तथा लकडाउनका कारण लामो समयदेखि विद्यालयहरु बन्द रहेकोले पनि छात्रवृत्ति वितरणमा ढिलाइ भएको समाजको भनाइ छ ।

ताम्राकार समाजले वार्षिक रुपमा गरिँदै आएको छात्रवृत्ति वितरण यसपटक करिब दुई लाख रुपैयाँबराबरको १५ जना विद्यार्थीहरुलाई प्रदान गरेको छ । छात्रवृत्ति वितरण गर्दै समाजका अध्यक्ष रविन्द्र राज ताम्राकारले कोभिडको असर सबैतिर परिरहेको अवस्थामा पनि विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको बताए ।

यस वर्ष ताम्राकार समाजले स्वर्णजयन्ती मनाइरहेको एवं समाजको सामुदायिक भवनको निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ । छात्रवृत्ति वितरण कार्यक्रममा समाजअन्तर्गतको शिक्षा उपसमितिका संयोजक प्रवल ताम्राकार, समाजका पदाधिकारीहरु, उपसमितिका सदस्यहरु, विद्यार्थीहरुका अभिभावकहरु तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया