Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्सकोे विषयमा छलफल

नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्सकोे विषयमा छलफल


काठमाडौं ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्सकोे विषयमा छलफल भएको छ । इजरायल सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रम २०७७ असोज १४ गते नेपाल र इजरायलबीच सम्झौता भएको थियो । उक्त कार्यक्रम सञ्चालनका निम्ती नेपालका तर्फबाट सह–सचिवको नेतृत्वमा स्टेरिङ कमिटी गठन भइसकेको छ भने, इजरायलले पनि आफ्नो प्रतिनिधि छनौट गरिसकेको छ ।

नेपाल सरकार र इजरायल सरकारद्वारा संयुक्त रूपमा सञ्चालन हुने उक्त कार्यक्रमले नेपालको कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायिकरणको लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ । जसमा नेपाली कृषकहरूले आधुनिक प्रविधिको प्रयोग गर्दै नेपालको कृषि क्षेत्रमा उत्पादकत्व बृद्धि गर्ने लक्ष्य रहेको छ ।

सिंहदरबारमा बुधबार भएको छलफलमा मन्त्री अर्यालले नेपाली कृषकहरूलाई इजरायली प्रविधिको तालिम/प्रशिक्षणको व्यवस्था गर्नसके नेपाली कृषि उत्पादनमा पनि बृद्धि हुने बताईन् । इजरायल सरकारले प्रतिवर्ष ५ सय जना बढी नेपाली विद्यार्थीहरूलाई इजरायलमा ११ महिने तालिमको अवसर प्रदान गर्ने गरेको भन्दै उक्त तालिमबाट नेपाली विद्यार्थीहरूले प्राप्त गरेको ज्ञान, सीपले सफल उद्यमी बन्ने अपेक्षा लिएको उनले बताईन् । नेपालबाट हाल रोजगारी एवं अन्य सिलसिलामा ३ हजार बढी नेपालीहरू इजरायलमा रहेका छन् ।

इजरायल पुगेका नेपालीहरूप्रति त्यहाँको सरकारले उपलब्ध गराएको अवसर र असल व्यवहारबाट नेपाल सरकार आभारी रहेको उनको भनाई थियो । छलफलमा नेपालका लागि इजरायलका राजदूत हानान गोडरले इराजयलको प्राविधिकि सहयोगमा सञ्चालन हुन गइरहेको नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्स कार्यक्रम सफल बनाउन इजरायल सरकारको तर्फबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया