Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयुवा स्वरोजगारको लागि प्रत्येक स्थानीय तहलाई एक करोड बजेट छुट्ट्याउन माग

युवा स्वरोजगारको लागि प्रत्येक स्थानीय तहलाई एक करोड बजेट छुट्ट्याउन माग


काठमाडौं ।
शैक्षिक विकास तथा युवा रोजगार फाउण्डेसनले युवा स्वरोजगारको लागि प्रत्येक स्थानीय तहलाई एक करोड बजेट छुट्ट्याउन माग गरेको छ । विकासको सामाजिक जागरणस्वरूप ‘नयाँ विद्यालय सचेत अभियान’को शनिबार घोषणा गर्दै फाउण्डेसनले देशका सात सय ५३ वटै स्थानीय सरकारसँग वार्षिकरुपमा न्यूनतम एक करोड युवा स्वरोजगार कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्न माग गरेको हो ।

फाउण्डेसनका अध्यक्ष दिपेन्द्र ढुंगाना अनुसार स्वरोजगार हुन चाहने युवाहरुलाई फाउण्डेसनले दश लाख रुपैयाँ उपलब्ध गराउने लक्ष्य लिएको छ । संस्थाले स्रोत तथा साधन संकलन गरी रोजगारी अभिवृद्धि गर्ने र त्यसको लागि सरकार, संघ//संस्था, व्यवसायीहरुसँग सहकार्य गर्ने उनले बताए ।

साथै फाउण्डेसनले सुरु गरेको ‘नयाँ विद्यालय सचेत अभियान’ले विकासप्रति नेतृत्वहरुलाई उत्तरदायी र जिम्मेवारी बनाउँदै विकासको नयाँ सोच र चेतना नागरिकहरुमा अभिवृद्धि गर्दै देशलाई समृद्ध बनाउन, गरिबी, बेरोजगारीका अन्त्य गर्न, गुणस्तरीय शिक्षाको विकास गर्न र विकासलाई उत्पादन, प्रविधि र विकासको सामाजिकीकरण लागि सहयोग पुग्ने बताइएको छ ।

फाउण्डेसनले उक्त अभियानको उठानबाट देशमा विकासको नयाँ युग सुरुवात हुने पनि विश्वास दिलाएको छ । साथै, नयाँ सोचको पनि विकास हुने पनि जनाइएको छ । अध्यक्ष ढुंगानाले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधारको लागि विद्यालयका क्षमता विकास र तालिम तथा प्रविधि सञ्चालन गरिने जनाए ।

त्यस्तै, मासिकरुपमा ११ जना शिक्षकहरुलाई एक लाख पाँच हजार राशिको ‘शैक्षिक सुधार शिक्षक पुरस्कार’ प्रदान गरिने पनि उनले जनाए । लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गरेर युवाहरुलाई सहयोग पु-याउने आफूहरूको योजना रहेको अध्यक्ष ढुंगानाले बताए । त्यस्तै, महासचिव शिवप्रसाद अधिकारीले आफूहरुको अभियानको उठानबाट देशमा विकासको नयाँ युग सुरुवात हुने विश्वास दिलाए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया