Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबिस्कुटको तस्करी नियन्त्रण गर्न मोरङ व्यापार संघद्वारा प्रहरीलाई पत्राचार

बिस्कुटको तस्करी नियन्त्रण गर्न मोरङ व्यापार संघद्वारा प्रहरीलाई पत्राचार


विराटनगर ।
विराटनगर नाकाबाट ठूलो परिमाणमा भारतीय बिस्कुट चोरी पैठारी हुन थालेपछि बिस्कुटको तस्करी नियन्त्रण गर्न मोरङ व्यापार संघले प्रहरीलाई पत्राचार गरेको छ । नाकाबाट भारतीय बिस्कुटहरु अवैधरुपमा भित्रिँदा नेपाली बिस्कुट उद्योगहरु पछिल्लो समय विस्थापितजस्तै बन्नेछन् ।

कोभिड–१९ को महामारीका बेलामा नेपाल–भारत नाका ११ महिनादेखि पूर्णरुपमा बन्द भएको भनिए पनि बिस्कुट तस्करी बन्द हुन नसक्दा नेपाली बिस्कुट उद्योगबाट उत्पादित बिस्कुटहरु विस्थापित हुने अवस्थामा पुगेको भन्दै मोरङ व्यापार संघले बिस्कुटको चोरी निकासीलाई नियन्त्रण गरी सहयोग गरिदिन प्रहरीलाई पत्राचार नै गरेको छ ।

सरकारले पनि भारतबाट हुने अवैध बिस्कुट तस्करीलाई रोक्नसमेत पहल नगर्दा स्वदेशी बिस्कुट उद्योगहरु बन्द हुने अवस्था आएको उद्योगीहरु बताउने गर्दछन् । नेपाली उद्योगहरुबाट उत्पादन भएकै गुणस्तरका बिस्कुटहरुका भारतबाट चोरी निकासी गरी कम मूल्यमा नेपालमा आउन थालेपछि स्वदेशी बिस्कुटहरु उद्योगहरु मारमा परेका हुन् । नेपाल–भारत सीमा नाका बन्द भएपछि बिस्कुटको तस्करी अझ बढेको उद्योगीहरुको भनाइ छ ।

जसको कारण पछिल्लो समय नेपाली बजारमा भारतीय बिस्कुटको बर्चस्व बढेर छ । नेपाली भन्सारबाट बिस्कुट आयातको अवस्था अत्यन्त न्यून रहेको अवस्थामा भारतीय बिस्कुटले नेपाली बजार कहाँबाट पायो भन्ने सहजै अनुमान लगाउन सकिने नेपाली बिस्कुट उत्पादकहरु बताउँछन् । विराटनगर बजारमा हाल भारतका चर्चित ब्राण्डेड बिस्कुटहरु छ्यापछ्र्याप्ति पाइने गरेपछि भारतीय बिस्कुटले नेपाली बिस्कुटहरुलाई प्रभावित बनाउन थालेकोमा स्वदेशी उद्योगीहरुले चिन्तासमेत व्यक्त गर्न थालेका छन् ।

नेपाल–भारत सीमा नाका पूर्णरुपमा बन्द रहेको अवस्थामा पनि भारतीय बिस्कुटहरु तस्करीको बाटो हुँदै नेपालतर्फ निर्वाधरुपले भित्रिन थालेपछि त्यसको नियन्त्रणका लागि भन्दै मोरङ व्यापार संघले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्कालाई माघ २८ गते पत्र नै लेखी आग्रह गरेका छन् । भारतीय बिस्कुटहरुसँग नेपाली बिस्कुट उद्योगले प्रतिस्पर्दा गर्न नसक्नुको पछाडि कच्चापदार्थ आयातमा सरकारी कठिनाइ र आत्मनिर्भर बन्न लागेको बिस्कुट उद्योगलाई संमरक्षण गर्ने सरकारी नीतिको अभाव नै मुख्य कारण रहेको बिस्कुट उद्योगीहरुले बताएका छन् ।

नेपाली बिस्कुट उद्योगीहरुले सरकारसँग कच्चापदार्थ आयातमा सहजीकरण गरिदिन पटक–पटक आग्रह गर्दा पनि अहिलेसम्म कुनै सुनुवाही नभएपछि नेपाली बिस्कुट उद्योगहरु पछिल्लो समय दोहोरो मारमा परेको उनीहरुको भनाइ छ । एकातिर भारतीय बिस्कुटको आयात र अर्कोतिर खुला सीमा नाकाका कारण तीव्ररुपमा नेपाल भित्रिने भारतीय बिस्कुटका कारण स्वदेशी बिस्कुट उद्योगहरु नै धराशायी बन्ने अवस्था आएको उद्योगीहरुको गुनासो छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया