Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमाटोको विद्युतीय नक्साङ्कन

माटोको विद्युतीय नक्साङ्कन


काठमाडौं ।
नेपाली किसानले अब आफ्नो खेतबारीका माटोको उर्वराशक्ति, अम्लीयपन प्राङ्गारिक पदार्थ माटोको बनोटजस्ता कुराको जानकारी सजिलै पाउन सक्ने भएका छन् । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सार्वजनिक गर्नलागेको माटोको विद्युतीय नक्साङ्कनमार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ ? कुन बालीको उत्पादन राम्रो हुन्छ ? कति मल प्रयोग गर्नेजस्ता जानकारी सहजै लिन सक्नेछन् ।

देशभरबाट कुल २३ हजार दुई सय ७३ वटा माटोको नमूना परीक्षण गरी तयार गरिएको यो नक्साङ्कनले कृषकलाई सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोका रासायनिक पक्षबारे विस्तृत जानकारी पाउन सक्ने बताइएको छ । नक्साङ्कन कार्यले किसान मात्र नभई नीति निर्माता, अनुसन्धानकर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्तालाई समेत माटोसम्बन्धी पूर्ण जानकारी दिनेछ ।

माटोमा के–कस्ता सुधार गरी बालीको उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ ? कुन ठाउँमा कस्तो किसिमको मल आपूर्ति गर्ने, माटोको सुधारका लागि अम्लीयपन, प्राङ्गारिक पदार्थको मात्रा तथा सुक्ष्म खाद्यतत्वहरूको सन्तुलन कसरी गर्ने ? जस्ता निर्णय लिन सहज हुनेछ । केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई आइतबार यसबारे प्रस्तुत गरिएको विवरण बुझाएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया